सरकारको ध्यान नपुग्दा अस्तव्यस्त तारागाउँ होटल ककनी

सरकारको ध्यान नपुग्दा अस्तव्यस्त तारागाउँ होटल ककनी

कपनअनलाइन

नुवाकोट,कार्तिक २१। नेपाल सरकार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय अन्तर्गत रहेको तारागाउँ विकास समितिद्वारा सञ्चालित ककनीमा रहेको होटेलको दुरावस्था देख्दा निकै दुख लाग्दछ।

करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको निकै रमणीय स्थानमा रहेको यस होटलको भवन र यस होटेलमा रहेका कोठाहरुको अवस्था हेर्दाखेरि नेपाल सरकारले निकै नै बेवास्ता गरेको भान हुन्छ। पर्यटकीय क्षेत्र ककनीमा आउने आन्तरिक र बाह्य पर्यटकहरुलाई बसोबासको सेवा प्रदान गर्दै आइरहेको नेपाल सरकारद्वारा सञ्चालित यस  होटलमा रहेका सुविधाहरु लिखित कम छन् । भने यहाँ रहेको कोठाहरु कुनै एउटा सामान्य होटल भन्दा पनि कमजोर सेवा सुविधा भएका छन्। निकै ठूलो अपेक्षा र सुविधाको खोजेर नेपाल सरकारद्वारा सञ्चालित यस होटेलमा आउने पर्यटकहरु यहाँ आइपुगेपछि सो स्थानको अवस्था देखेर निकै निराश हुने गरेका छन्।

निकै ठूलो अपेक्षा र सुविधाको आकांक्षा लिएर सो स्थानमा पुगेका पर्यटकहरु यहाँ रहेको भवन देख्दा सुरुमै निकै निराश हुनुपर्ने अवस्था रहेको छ। काठमाडौंसहित नेपालको विभिन्न स्थानमा सञ्चालित यस होटलको ककनी शाखा देख्दा सबैले सरकारी सम्पत्तिको दुरुपयोग भएको भान हुन्छ भने यहाँ कर्मचारीहरूको अभाव पनि प्रष्ट देखिन्छ जसले गर्दा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले सरकारी होटेलमा बस्दा पाउनुपर्ने सुविधा नपाउने दु:खद स्थिती रहेको छ।

जनताको निकै आशा र अपेक्षा रहेका अहिलेका पर्यटनमन्त्री योगेश भट्टराईले यस होटलको अवस्थाको बारेमा तुरुन्त जानकारी लिएर सुधारको पहल गर्नुपर्ने देखिएको छ ।भने नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सरकारद्वारा सञ्चालित यस होटेललाई तत्काल मर्मत गर्नु पर्ने देखिन्छ। निकै कम कामदार र निकै कमसल खालको सुविधा देखिएको उक्त खेलमा प्रशंसा गर्न लायक यहाँको वातावरण बाहेक केही देखिँदैन।

पाँचतारे होटेलको पहिचान पाएको कुनै पनि होटलमा पुग्दा जुनसुकै पनि पर्यटकले आफुले रोजेजस्तो खानेकुराहरु पाउने र आफूले खोजेजस्तो सुविधा पाउने अपेक्षा गरेका हुन्छन् । तर जब उनीहरु ककनीमा रहेको होटल पुग्छन् उनीहरुको अपेक्षामा तुषारापात हुन्छ । समयमै उचित मर्मत नहुँदा र सम्बन्धित निकायको ध्यान नपुग्दा सो स्थानमा रहेको तारा गाउँको होटल एउटा सामान्य लज भन्दा पनि अव्यवस्थित देखिन्छ । देशको महत्वपूर्ण मन्त्रालय अन्तर्गतको समितिद्वारा संचालित यस होटलको तत्कालीन मर्मत गरेर सुविधाहरु थप गरी जनशक्ति व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ पर्यटकीय क्षेत्रमा आगमन हुने पर्यटकको संख्या निकै रहने र आन्तरिक पर्यटकहरुको पहिलो रोजाइमा पर्ने सरकारद्वारा सञ्चालित यस होटेललाई सम्बन्धित निकायले प्राथमिकतामा राखेर सञ्चालन गर्नुपर्ने देखिन्छ।

तपाइँको प्रतिक्रिया ।