नेप्स चौथो अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुने

नेप्स चौथो अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ,कार्तिक २१ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउमा संचालित  नेपालय इंगलिस पब्लिक  स्कुल (नेप्स) र बेसिगाउ युथ क्लबको संयुक्त आयोजनामा चौथो अन्तर बिद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शैक्षिक ज्ञान र शिप बिकासको  साथ साथै खेल कौशलको  माध्यम बाट आचरण सुधार गर्दै  खेल कौशलको बिकास गर्नुको  लागि अन्य शैक्षिक संस्थाहरु संगको  सम्बन्ध  प्रगाढ बनाउने उदेश्य राखेर उक्त प्रतियोगिता आयोजना गर्न लागेको नेप्सका इ सी ए इन्चार्ज संगम थापा श्रेष्ठले कपन अनलाइन लाइ बताए।

उनले कार्तिक २९ गते  देखि नेपालय इंगलिस पब्लिक  स्कुलको खेल मैदानमा  संचालन हुने सो प्रतियोगितामा गोकर्णेश्वर   नगरपालिका भित्र संचालनमा रहेका बिध्यालयहरुले सहभागिता जनाउन सकिने जानकारी गराउदै टिम दर्ता गर्नको लागि रु ३५ सय कायम गरिएको   पनि बताए।टिम दर्ता गर्ने अन्तिम मिति कार्तिक २८ गते दिनको १ बजे सम्म रहेको बताए।

प्रतियोगितामा प्रथम दितीय तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी मेडल प्रमाण पत्र सहित नगद पुरस्कारको समेत व्यवस्था रहेको हुँदा सो प्रतियोगितामा सहभागी हुन चाहनेले नेपालय स्कुल( ०१-४९१६२२९) संगम थापा श्रेष्ठ (९८६४५८९०७४) बुद्द श्रेष्ठ नेप्स म्यानिजिंग डिरेक्टर (९८४६८८८८००) मा सम्पर्क गर्न सकिने छ ।

फोटो: गुगल

तपाइँको प्रतिक्रिया ।