कास्की क्षेत्र नं २ मा विद्या भट्टराईको चुनावी अभियान शुरु

कास्की क्षेत्र नं २ मा विद्या भट्टराईको चुनावी अभियान शुरु

कपनअनलाइन

काठमाडौं,कार्तिक २० ।कास्की क्षेत्र नं २ मा उपनिर्वाचनका लागि सत्तारुढ नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ ।भट्टराईलाई जिताउन जिल्ला कमिटीले परिचालनका लागि योजना सहित निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

भट्टराई काठमाडौं क्षेत्र ४ चावहिलमा हुर्कदै डिल्ली बजारमा रहेको पद्म कन्या मावि बाट प्रवेसिका उतृण गरि पद्मकन्या क्यापस बाट बिध्यार्थी आन्दोलनमा सकृय नेतृ हुन् ।

भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै नेपालको राजनीतिमा सक्रिय हुँदै आएकी छन् । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला समिति काठमाडौँको कोषाध्यक्षमा निर्वाचित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतले पोखरामा सम्पन्न एघारौँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद्मा निर्वाचित भएकी थिइन्। त्यसयता निरन्तर राजनीतिमा सक्रिय उनी २०५५ मा तिन महिनाका लागि अनेरास्ववियुको केन्द्रीय सचिव बनिन्। २०५६ मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य समेत बनेकी थिइन् ।

२०५६ साल असार २६ गते उनले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरेकी थिइन्। त्यसयता सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा सक्रिय उनलाई नेकपा जिल्ला कमिटीले विगतको सक्रिय राजनीति पाटो र क्षमतावान् बौद्धिक र तार्किक क्षमता मूल्याङ्कन गर्दै कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाएको जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।फोटो सौजन्य :ताण्डव न्युज

 

 

 

तपाइँको प्रतिक्रिया ।