बुढानिलकण्ठ नगरपालिकामा कार्तिक २२ गते सार्वजनिक बिदा

बुढानिलकण्ठ नगरपालिकामा कार्तिक २२ गते सार्वजनिक बिदा

कपनअनलाइन

बुढानिलकण्ठ,कार्तिक २१। बुढानिलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले सुचना जारी गरेको छ।

नगरपालिकाभित्र रहेको बुढानिलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रूपमा सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

 

तपाइँको प्रतिक्रिया ।