छहारी युवा क्लब परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

छहारी युवा क्लब परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,कार्तिक २१ । हाल मुलुकभर विभिन्न अस्पतालहरुमा   रगतको चरम अभावलाई मध्यनजर गर्दै सहयोगी महिला जागरण मञ्चको आयोजना तथा  छहारी युवा क्लब जोरपाटीको सह-आयोजनामा बुधबार  आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर  नगरपालिकामा रहेको  छहारी युवा क्लब परिसरमा  बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म चलेको थियो। उक्त रक्तदान कार्यक्रममा २३ जना रक्तदाताले रक्तदान गरेका थिए भने रक्तदान गर्न इच्छुक धेरै ब्यक्तिहरुको स्वास्थ्य तथा अन्य कारणले रक्तदान  गर्न नसकेको छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले कपन अनलाइनलाइ बताए।

रक्तदान गर्ने रक्तदाताहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोज कुमार ढुंगाना , सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठ छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठ लगायतले  प्रसंशापत्र वितरण गरेका थिए। उक्त रक्तदान कार्यक्रमको  व्यवस्थापनमा प्रविन श्रेष्ठ  लगायतले सहयोगी भूमिका खेलेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।