टोखा नगरपालिका द्वारा भ्रामक समाचारको खण्डन

टोखा नगरपालिका द्वारा भ्रामक समाचारको खण्डन

कपन अनलाइन 

काठमाडौं ,कार्तिक १५।

टोखा नगरपालिकाले बिगत केहि दिनदेखि केहि अनलाइनमा प्रकाशित समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले आज एक विज्ञप्ति प्रकाशित गरी भ्रष्टाचार जस्तो गम्भिर, अनैतिक र गैरकानुनी कार्यहरुमा सत्यतथ्य बिहिन एवम् आधारहिन बिवरण उल्लेख गरी टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई जोडी केहि अनलाइनबाट समाचार सम्प्रेषण गरिएको प्रति खेद प्रकट गरेको छ ।

टोखा नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालद्धारा आज जारी विज्ञप्तिमा कुनैपनि समाचार लेखन, प्रचार प्रसार गर्नुअघि सत्य तथ्यमा आधारित भएर मात्र समाचार प्रकाशित गर्न पनि सम्बन्धित सञ्चार माध्यमलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा राज्यको चौथो अंगको रुपमा मानिएको प्रेस जगतले अरुको इज्जतमा धक्का पुर्याउने नियत राखी कसैको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गर्न नहुनेमा नगरपालिकाले जोड दिएको छ ।
टोखा नगरपालिका विकासको अभियानमा तिब्र रुपमा अघि बढिरहेको वर्तमान अवस्थामा नगरबासीहरुको विकासको चाहनालाई ओझेलमा पार्ने तथा सिंगो नगरपालिकाको अभियानलाई जनमानसमा दिग्भ्रमित बनाई आर्जित स्वच्छ छबिलाई धमिल्याउने क्रियाकलापमा केहि अनलाइन, व्यक्ति र समूह समेत संलग्न देखिएकोले यस्ता आधारहिन समाचार संप्रेषण भइरहेमा आवश्यक कानुनी उपचारको लागि अघि बढ्न बाध्य हुने समेत नगरपालिकाले बताएको छ ।
टोखा नगरपालिकाले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ देहाय बमोजिम रहेको छ ।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।