साग तयारीलाई भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान

साग तयारीलाई भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान

कपनअनलाइन

काठमाडौं, कार्तिक १५ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई नेपाली भारोत्तोलन टोली शुक्रबार उज्वेकिस्तानको तास्केन जाने भएको छ । १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष खेलाडीमा पुकार गुरुङ, सन्देश गुरुङ, दिनेश कार्की, प्रकाश केसी, राजु चौधरी र तुलाराम महतो रहेका छन् । महिलामा अस्मिता राई, मनकुमारी कुमाल, राजलक्ष्मी थापा, कमला श्रेष्ठ, संगीता राई र करिना चौधरी छन् ।
प्रशिक्षकमा दिनेश भुजेल र सकिल अहमद तथा व्यवस्थापकमा रुद्रबहादुर न्यौपाने रहेका छन् । तास्केनमा टोली २२ दिनसम्म प्रशिक्षणमा रहने नेपाल भारोत्तोलन संघका सचिव तिलक राउतले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।