काठमाडौं क्षेत्र नं.४ को बिकासका लागी सधै लागी रहन्छु : गगन कुमार थापा

कपन अनलाइन

काठमाडौं,फागुण ४।

काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित नेपाली कॉंग्रेसका प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले एक  कार्यक्रम बोल्दै  आफु स्थानीय स्तरका समस्या समाधानमा आफु पहल गर्ने र  यथाशिध्र उक्त  कार्य अगाडी बढाउने प्रतिद्धता प्रकट गरेका भने आफु क्षेत्र नं.४ को बिकासका लागी सधै लागी रहने प्रतिबद्धता पनि प्रकट गरेका थिए। उनि सहित प्रदेश सभा सदस्थ नरोत्तम बैद्य र प्रदेश सभाकी समानुपातिक सदस्य राधा घले मतदातालाई धन्यवाद तथा भेटघाटका लागि आज आईडियल स्कुल मैजुवहालमा उपस्थित भएका थिए ।

करिव १५० स्थानिय एवं कार्यकर्ताको उपस्थिती रहेको कार्यक्रममा निर्वाचन पश्चात कॉंग्रेसले का.म.पा ७ मा गरेको १४औं भेटघाट कार्यक्रम    हो । कार्यक्रममा आफुलाई मत दिएर विजयी बनाउनेलाई धन्यवाद पनि प्रकट गरेका थिए भने मैजुवहालबासीले विशेष गरेर खानेपानीको समस्या समाधानका लागि अनुरोध गरेका थिए ।

मैजुवहालमा चावहिल र चुच्चेपाटी तर्फ बाट ५ वटा खानेपानीको लाईन राखिए पनि भौगोलीक एवं वस्ती विस्तारले पानीको अभाव हुँदै आएको छ । २०७१ साल पौषमा चिन्ह लगाएर सुरु भएको बाटो विस्तारको कार्य समेत केही घरले पर्खाल र संरचना नसार्दा ढिला हुन पुगेको छ ।

कार्यक्रमको संयोजन आईडियल स्कुलका पार्टिका बुथ संयोजक विनोद अर्यालले गरेका थिए भने प्रचार संयोजक विमल होडा र वडा नं ७ कॉंग्रेस सभापति प्रवेश लामिछानेको उपस्थितीमा भएको उक्त कार्यक्रमको संचालन रमेश ढकालले  थिए ।

तपाइँको प्रतिक्रिया ।