सातौ इसान कप फुटबल प्रतियोगिता सुरु,नेपालय, रिम्स र मंगलदीप बिजयी

कपन अनलाइन

काठमाडौं,फाल्गुन ४।

संस्थागत बिद्यालय संघ नेपाल (इसान) ले आयोजना गरेको सातौ छात्र/ छात्रा इसान कप फुटबल प्रतियोगिता  २०७४ आज बाट शुरु भएको   छ ।

नेपालय माबीको खेल मैदान आज खेलको उद्घाटन प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकका प्रमुख सन्तोष चालिसेले गरेका थिए भने बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकका उप प्रमुख शान्ति नेपाल रहेकी थिइन् ।

कार्यक्रममा अतिथिहरु  छहारी क्लबका अध्क्षय कुमार श्रेष्ठ, जोरपाटी फोरम मदन सुबेदी, भेनस स्कुलका प्रिन्सिपल ओम मगर, निसानका अध्क्षय ओम ढकाल लगाएत सहभागी टिमका प्रतिनिधि, बिभिन्न स्कुलका प्रिन्सिपल,बिभिन्न पब्लिकेसनका प्रतिनिधि र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

नेपालय स्कुलका विधार्थीहरुले कार्यक्रममा मार्च पास र इसान कप फुटबल प्रतियोगिता  २०७४ को आकृति, फेयर प्ले ब्यानर प्रदर्शन गरेका थिए भने  बिभिन्न संस्थाका प्रतिनिधिहरुले सफलताको शुभकामना दिएका थिए ।

इसानका बरिष्ठ उपाध्क्षय राजकुमार श्रेष्ठले स्वागत मन्तव्य प्रकट गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष इसानका सभापति बाल मुकुन्द कार्कीले गरेका थिए । इसान कप फुटबल प्रतियोगिता  २०७४ को उद्घाटन कार्यक्रमको संचालन कुमार अधिकारीले गरेका थिए।

आज भएको  छात्रा तर्फको पहिलो खेलमा रिम्स स्कुलले छहारी क्षिक्षा सदनलाई १ -० गोलले पराजीत गरेको छ। रिम्स स्कुलकी जर्सी नं.११ की सबिना राईले खेलको  पहिलो हाफमा गोल गरेकी थिइन् । दोस्रो हाफमा आक्रामक खेल खेलेको छहारी क्षिक्षा सदनको थुप्रै प्रयास असफल भएको थियो।  उक्त खेलको म्यान अफ द म्याच छहारी क्षिक्षा सदनकी सुविटी लामा भईन ।

त्यसै गरी छात्रा तर्फको  दोस्रो खेलमा मंगलदीप स्कुलले ग्रीनतारा स्कुललाई  ३-० गोलले पराजित गरेको छ। मंगलदीप स्कुलकी जर्सी नं. ८ की खेलाडी यांगछेन लामुले २ गोल गरिन भने जर्सी नं. २ की खेलाडी लोब्सांग वान्ग्मोले १ गोल गरिन । यस खेलको म्यान अफ द म्याच मंगलदीप स्कुलकी जर्सी नं. ८ की खेलाडी यांगछेन लामु भईन ।

छात्र तर्फ खेलमा लिबर्टी स्कुललाई ०-१   गोलले पराजित गर्दै नेपालय स्कुल बिजयी भएको छ। नेपालय स्कुलका सरोज कार्कीको गोल गरेका थिए भने म्यान अफ द म्याच पनि सरोज कार्की नै घोषित भएका थिए।

छात्रा तर्फ कुल  १२ टिम र छात्र तर्फ २० टिम इसान कपमा सहभागी रहेका छन् भने छात्रा तर्फको खेल नेपालय स्कुलको खेल मैदानमा र छात्र तर्फको खेल सुन्दरीजल स्थित आर्मी क्यामको खेल मैदानमा भएको छ । छात्रा तर्फको दुवै खेलका रेफ्री प्रदिप लामा र लाइन्स म्यानहरु प्रफुल्ल केसी र  सारम्स लामा रहेको थिए ।

 

तपाइँको प्रतिक्रिया ।