खेलकुदको विकास अव नगरपालिकाको जिम्मेवारी हो :सन्तोष चालिसे

कपन अनलाइन

काठमाडौ,फाल्गुन ४।

सातौ छात्र/छात्रा इसान कप फुटबल प्रतियोगिता २०७४ गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय स्कुलको खेल प्राङ्गणमा भएको  खेलको   उद्दघाटन सत्रको प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकका प्रमुख सन्तोष चालिसेले  संस्थागत बिद्यालय संघ नेपाल (इसान)ले आयोजना गरेको सातौ इसान कपको सफलताको शुभकामना दिंदै छात्रा बिद्यार्थीहरुको लागि भएको कार्यक्रमको प्रसंशा गरेका थिए।

सधै छात्र मात्र अघि अघि बढिरहेकोमा छात्राहरुलाई पनि खेलमा सहभागी गराई प्रतियोगिता मार्फत उनीहरुलाई पनि आफु भित्र भएको खेल कौशलको बिकासको निम्ति आयोजना गरेको हुँदा आयोजकलाइ धन्य बाद दिएका थिए।

उनले खेल बाट अनुशासन सिकिने भएकोले  खेलले विद्यार्थीलाई अनुशासन सिकाउँछ भन्दै उनले खेलले  समयको पालना गर्न, जीवनलाई व्यवस्थित गर्न सिकाउँने बताए  । पारिवारिक पृष्ठभूमिका कारण पनि विद्यार्थीहरु  खेलकुदमा सहभागी हुन्छ कि हुँदैन भन्ने कुरा भर पर्ने हुँदा अभिभावकहरुले पनि त्यसमा सहयोग गर्नु पर्ने बताएका थिए।

उनले  खेलले शरीरको सबै भागको कसरत गराउँने मात्र नभई  शरीर र तौललाई सन्तुलित राख्न सहोयोग गर्ने बताएका थिए  ।  कतिपय विद्यार्थीको खेलाडी नै बन्ने रहर हुन्छ । खेलहरू सिक्ने भनेको विद्यार्थी जीवनमै हो भन्दै  विद्यार्थी जीवनमा खेलेको खेलकै आधारमा व्यक्ति पछि दक्ष खेलाडी बन्न सक्ने बताएका थिए। उनले

विद्यार्थीले जुनसुकै विषयबाट पनि सिक्न चाहेको हुने हुँदा  खेलकुदले सिकाउनका लागि नै सहयोग गर्ने साथै, विद्यार्थीलाई किताबी कीरोमात्र बनाउनबाट रोक्ने हुँदा  खेलको बिशेष महत्व रहेको बताएका थिए।

उनले इसान कप आयोजना गरेर बिद्यार्थीहरुको प्रतिभा खेलको माध्यम बाट प्रस्फुटन गर्ने प्ल्याटफर्म उपलब्ध गराएको हुँदा त्यसलाई सदुपयोग गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्ने दिशामा प्रयास जारी रहोस भन्ने शुभकामना दिएका थिए ।

उनले बिद्यार्थी जीवनमा दुईवटा अत्यावश्यक रहेको भन्दै त्यो अनुशासन र गतिशीलता अनुशासन भएन भने कुनै पनि बिषयमा अगाडी बढ्न सकिदैन कुने ब्यबस्था हुदैन त्यो अव्यवस्था हुने भन्दै गतिशिलता भएन भने जीवनमा नौलोपन नै आउन नसक्ने बताएका थिए। त्यसैले अनुशासन र गतिशिलता लाई लिएर अघि बढ्न आवहान गरेका थिए।

सबै काम अरुले नगर्ने हुँदा पाएको अवसरलाइ सदुपयोग गर्दै अघि बढ्न अनुरोध गरेका थिए ।उनले गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट एउटा खेल मैदानको अत्यन्तै आवश्यकता रहेको बताउदै त्यसमा आफुले गहन रुपमा अध्ययन गरिरहेको र निकट भविष्यमा नै सबैको पहलमा ,सहयोगमा ,प्रयासमा सबै बिद्यालयसंग समन्वय गरेर एउटा अत्याधुनिक खेल मैदान नगरपालिका भित्र तयार गर्ने दिशातर्फ आफु लागि पर्ने बताएका थिए।

उनले गोकर्णेश्वर नगरपालिका अब सम्पूर्ण बिध्यालय नगरपालिका अन्तर्गत आइसकेपछि त्यो नगरपालिकाको जिम्मेवारीको बिषय भएको हुनाले सबैको संयुक्त प्रयासमा नगरपालिकाले एउटा ठाउको खोजी गर्ने र त्यसमा लगानी पनि गर्ने बताएका थिए।

उनले धेरै ठाउमा खोजि गरेको तर उपयुक्त स्थान पाउन नसकेको बताए। उनले आफ्नो प्रयास जारि रहेको बताउदै नगरपालिका सम्पूर्ण बिद्यार्थीहरुको हितको लागि कुनै पनि किसिमको कसर बाँकी नराख्ने बताएका थिए। उनले खेलकुद शिक्षाको अभिन्न अंग भएको हुँदा त्यसको बिकासमा आफु लाग्ने लागिरहने बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।