बौद्ध चिल्ड्रेन हेभन बोर्डिंग स्कुलको बिज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौ,फाल्गुन ३ ।
काठमाडौ महानगरपालिका वडा नं ६ सुकार्य मार्ग बौद्द रामहिटीमा संचालित बौद्ध चिल्ड्रेन हेभन बोर्डिंग स्कुलले आयोजना गरेको दोस्रो अन्तर बिद्यालय बिज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना आयोजना गरेको छ ।
बिहान १० बजे बाट सुरु भएको उक्त अन्तर बिद्यालय बिज्ञान प्रदर्शनी प्रतियोगितामा कुल १२ वटा विद्यालयका २२ वटा स्टल राखिएको थियो। भने बौद्ध चिल्ड्रेन हेभन बोर्डिंग प्रतिष्पर्धा गरिएको थियो जसमा करिब ६० वटा स्टल राखिएको थियो ।
स्कुलमा नै अध्ययन गर्ने कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुले बनाएका बिज्ञान सामग्रीको समेत आन्तरिक बिध्यार्थीहरुले आफुले निर्माण गरेको विभिन्न सामग्री प्रदर्शनी गरेका थिए । बिद्यालय परिसरमा र केहि कक्षा कोठामा प्रदर्शनी राखिएको थियो प्रदर्शनी अवलोकन गर्नका लागि विभिन्न विद्यालयका बिज्ञान बिषय शिक्षकहरु सहित विद्यार्थिहरु र अभिभाबकहरुले अवलोकन गरेका थिए ।
अवालोक गर्न आएका धेरैले बिद्यार्थीहरुले गरेको यो कामको प्रसंसा गरेका थिए। साथै उनीहरु अधिकांसले बौद्ध चिल्ड्रेन हेभन बोर्डिंग स्कुलले आयोजना गरेको यो कार्य प्रसंशनीय भएको बताएका थिए ।
शिक्षकहरुको समुहले बिद्यार्थीहरुलाई प्रोत्साहित गर्दै सामग्री निर्माणमा सघाएको र उनिहरु आफैले सामग्री निर्माण गरेकोले पनि अबलोकन कर्ताहरुले सोधेको कुनै प्रश्नमा प्रस्ट संग ब्याख्या र बिश्लेषण गरेका थिए ।
उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा स्टान का काठमाडौँ उपाध्यक्ष इन्द्र लोचन चौधरी र स्टान सदस्य सिद्धराज मिश्र रहेका थिए।
कार्यक्रम संचालन बौद्ध चिल्ड्रेन हेभन बोर्डिंग स्कुलका बसन्त ढकालले गरेका थिए ।
उक्त पुरस्कार कार्यक्रमको प्रमुख अतिथि कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष बिष्णु प्रसाद पराजुली नेसार्क का अध्यक्ष कृष्ण राज अधिकारी रहेका थिए कार्यक्रममा अतिथिको रुपमा जुगल इंगलिस बोर्डिंग स्कुलका प्रिन्सिपल बिबेक विनयी विभिन्न स्कुलका प्रतिनिधि शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष इन्द्र लोचन चौधरीले गरेका थिए।
कार्यक्रम मा शुभकामना मन्तब्य राख्दै स्टानका बिजय कान्त मिश्रले बिज्ञान को बिकास बिना देशको विकास नहुने बताएका थिए। उनले अन्य बिकशित देशले बिज्ञानको क्षेत्रमा कुल बजेट को ८ प्रतिशत छुट्टयाउने गरेकोमा नेपालमा भने ०.०३ प्रतिशत मात्र छुट्याउने हुँदा बिज्ञानमा पछि परेको बताएका थिए। उनले माटो सुहाउने अनुसन्धान गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा बोल्दै कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले बिध्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने क्रियाकलाप गरेकोमा आयोजकलाइ धन्यबाद दिंदै बिजयी हुने बिद्यालय र बिद्यार्थीहरुलाई बधाई दिएका थिए ।उनले वडाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबै संग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताएका थिए।
निर्णायकको तर्फ बाट बोल्दै शिद्धराज मिश्रले निर्णायकको भूमिका निर्वाह गर्न एकदमै कठिन भएको सबै विद्यालयका विद्यार्थीहरुको प्रदर्शनी उत्कृष्ठ भएको बताउदै बिज्ञान भनेको कपी होइन क्रिएसन भएको बताएका थिए ।उनले बिज्ञान बिनाशको लागि नभई बिकासको लागि हुनुपर्ने बताएका थिए।
उक्त बिज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न कैलाश बोधी स्कुल सफल भएको थियो ।उक्त स्कुल बाट लाक्पा फिन्जु शेर्पा, र फुर्वा टाशी तामांगले एग्लोमेरेट सेटलमेन्ट फर सस्टेनेबल डेभलपमेन्ट को प्रदर्शनी गरेका थिए।
त्यस्तै गरि दितीय स्थान हासिल गर्न रिलायन्स स्कुल सफल भएको थियो।रिलायन्स स्कुलका बिद्यार्थी निशान्त दियाली ,कृपा बोगटी , बिभुसा खड्काको समुहले जियो। उनीहरुले थर्मल ट्रान्स प्लान्ट प्रोलग प्रदर्शनी गरेका थिए ।
सोहि प्रदर्शनीमा तृतीय स्थान हासिल अरुणिमा बोर्डिंग स्कुलले हासिल गरेको थियो। अरुणिमा स्कुलका बिद्यार्थी सौरभ ढकाल र सृजन रेग्मीले मेकानिकल आर्म प्रदर्शनी गरेका थिए भने प्रतियोगितामा सान्त्वना पुरस्कार जनकल्याण माबीले जितेको थियो।
जनकल्याण माविका बिद्यार्थी संस्कृति कार्की र सुजन गुभाजुले हाइड्रोलिक प्रेस प्रदर्शनी गरेका थिए।निर्णायक हरुले पाठ्यक्रमको नजिक रहेर बनाएका सामग्री , बिध्यार्थीहरुले गरेका मेहनत उनीहरुको इच्छाशक्ति ,र प्रस्तुत गर्ने कलालाई आधार मानेर निर्णय गरेका थिए।बिजयी बिद्यार्थीहरुलाई प्रमुख अतिथि र अन्य अतिथिहरुले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए भने सहभागी विद्यालयलाई समेत सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।
बिध्यार्थिहरुलाई किताब भित्रको ज्ञान मात्र नभई ब्यबहारिक ज्ञान कसरी दिन सकिन्छ भन्ने उदेश्य र शिक्षालाइ प्रबिधि संग जोड्दै बिद्यार्थी भित्रको क्षमता प्रष्फुटन गर्दै उनीहरुको ज्ञानको परिक्षण र बिद्यार्थीले आफ्नो मन मस्तिष्कलाइ सृजनशीलता र बैज्ञानिक चेतन अभिप्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेकोबौद्ध चिल्ड्रेन हेभन बोर्डिंग स्कुलका प्रिन्सिपल ललित शर्माले कपन अनलाइनलाइ बताए । उनले आगामी दिनमा पनि बिद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन हुने खालका विभिन्न क्रियाकलाप गर्दै जाने समेत बताए ।