प्रदेश नं. २ : तीन सदस्यीय मन्त्रीपरिषद् गठन

प्रदेश नं. २ : तीन सदस्यीय मन्त्रीपरिषद् गठन

कपन अनलाइन

जनकपुरधाम, ३ फागुन ।  प्रदेश नं. २ मा  अाज तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । बुधबार नियुक्त भएका मुख्यमन्त्री लालबाबु राउतले संघीय  समाजवादी  फोरम र राजपाबाट एकएक मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

फोरमबाट प्रदेशसभा संसदमा विजयी भएका   विजय यादव आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यादव मुख्यमन्त्रीका दावेदार पनि थिए । यसैगरी राजपाका संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया ।