बुढानिलकण्ठ नगरपालिका वडा नं ८ ले वडाका मासु पसल संचालकहरुलाई प्रशिक्षण दियो

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ ले वडाका मासु पसल संचालकहरुलाई प्रशिक्षण दियो

कपन अनलाइन

काठमाडौ,फागुन ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ ले वडा भित्र रहेका मासु पसल संचालकहरुलाई प्रशिक्षण दिएको छ ।जिल्ला पशु सेवा कार्यालय काठमाडौ बरिस्ट पसु चिकित्सक डा. गौरिमान श्रेष्ठ र पशुसेवा शाखाका पशु चिकित्सक काजी बहादुर श्रेष्ठले वडा नं ८ का मासु पसल संचालक हरुलाई व्यवसाय संचालन , मासुको स्वस्थ व्यवस्थापन ,भण्डारण र आवस्यक मापदण्डका वारेमा प्रशिक्षण दिएका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामांगको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं ८ का सदस्यहरु ,स्थानीय मासु पसल संचालक ,महिला समुह हरुको उपस्थिति रहेको थियो ।

बुढानिलकण्ठ नगरपालिकामा अधिकांश मासु पसल बिना अनुमति संचालन रहेकोले अनिवार्य दर्ता गर्नका लागि अपनिउ कार्यक्रममा सचेत गराएको वडा नं ८ का सदस्य माधव पौड्यालले बताए ।

 

तपाइँको प्रतिक्रिया ।