हलेसी महादेव मन्दिर बुढानिलकण्ठ -१० उद्घाटन
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २ ।
महाशिवरात्री पर्बको पावन अवसरमा बुढानिलकण्ठ नगरपलिका वडा १०, कपन, बालुवाखानिमा हलेसी महादेव मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि स्वामी चिन्तामणि योगी रहेका थिए भने बिशेष अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा, बुढानिलकण्ठ नगरपालिकाकि उपप्रमुख रमा राइ , बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई, मनकामना विकास समाजका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभाध्यक्षता ऋषिराम जोशीले गरेका थिए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वामी चिन्तामणि योगीले आफु शिव भक्त भएको र शिवरात्रिकै पवन अवसरमामन्दिर उद्घाटन भएको मा खुसि ब्यक्त गरेका थिए ।
उनले कुनैपनि व्यक्ति शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ छ भने मात्र एउटा स्वस्थ मानिसको परिभाषा भित्र पर्दछ भन्दै धार्मिक बन्नु र अध्यात्मिक बन्नु फरक फरक विषय भएको बताएका थिए एउटा नास्तिक धार्मिक कहलिन सक्दैन तर अध्यात्मिक बन्न सक्छ भन्दै अध्यात्म केवल मानसिक शक्ति भएको ,जसले मानसिकतामा अनुसाशन, आचारसंहिता, शालिनता र शितलताको सिर्जना गर्ने बताएका थिए । उनले आध्यात्मिक विचारहरु ब्यक्त गरेका थिए ।
सोहि कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले शिवरात्रिकै दिन शिव भगवानको मन्दिर उद्घाटन गर्न पाउनु सुखद काम भएको बताएका थिए। उनले बाटोको सन्धर्भ जोड्दै त्यो बाटो निर्माण गर्ने कार्यमा आफुले भोगेको कठिनाइ र आलोचना भोगेको बताउदै त्यसको बाबजुत पनि आफुले सकेको पहल गरेको बताएका थिए।
उनले बाटो बनेन भनेर आलोचना गर्नु भन्दा पनि बाटो निर्माण गर्ने कार्यलाई सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।उनले छिट्टै बाटो निर्माण कार्यले गति लिने समेत बताएका थिए । उनले विकास निर्माणको काममा आफु इमान्दार भएर लाग्ने बताउदै सबैको साथ् र सहयोगको आवश्यकता रहेको बताएका थिए ।