पासाङको नेतृत्वमा भोलिदेखि एमाओवादी चुनावी अभियानमा

कपन अनलाइनकाठमाडौं क्षेत्र नं. ४ मा एमाओवादीले भोलिदेखि चुनावी रणनीति बनाएर चुनावी अभियान थाल्ने भएको छ । भाद्र ३० गते विहान ११ बजे कपन ३ स्थित मिलनचोक पार्टी भेन्युमा हुने विस्तारित बैठकबाट औपचारिकरुपमा एमाओवादीले चुनावी अभियान सुरु गर्ने एमाओवादी नेता सञ्जय अर्यालले कपन अनलाइनलाई जानकारी गराए । विस्तारित बैठक तथा चुनावी अभियानको नेतृत्व यस क्षेत्रका सम्भावित उम्मेदवार नन्द किशोर पुन पासाङ ले गर्नेछन् ।

 

१५ दिन चल्ने दोस्रो चरणको चुनावी अभियानको नेतृत्व केन्द्रिय सदस्यसमेत रहेका पासाङले गर्ने भएका छन् । क्षेत्र नं. ४ को दोस्रो चरणको चुनावी अभियानको नेतृत्व यस अघि शालिकराम जमरकट्टेलले गर्ने भनिएकोमा उम्मेदवारसमेत बन्न लागेका पासाङले गर्न लागेकोमा यहाँको एमाओवादी उत्साहित भएको पनि सञ्जय अर्यालले बताएका छन् । संयुक्त विस्तारित बैठक नाम दिएको भोलिको बैठक एमाओवादीको पार्टी कमिटिसहित मजदुर कमिटीलगायतको सहभागिता रहने पनि अर्यालले बताए ।

तपाइँको प्रतिक्रिया ।