रिलायन्सकी निशा अधिकारीले जितिन् राष्ट्रिय बालगीत प्रतियोगिता

कपन अनलाइन बद्रि भट्टराई

रिलायन्स इन्टरनेसल एकेडेमी कपन–३ की कक्षा ७ मा अध्ययनरत छात्रा निशा अधिकारीले राष्ट्रिय बालगीत प्रतियोगिता–२०७० मा प्रथम स्थान हासिल गरेकी छिन् । रेडियो नेपाल तथा नेपाल बाल संगठनको संयुक्त आयोजनामा बालमन्दिर विद्यालयको प्राङ्गणमा सम्पन्न राष्ट्रिय बालगीत प्रतियोगिताको अन्तिम चरणमा २१ विद्यालयहरूलाई पछि पार्दै रिलायन्सकी निशा प्रथम भएको जानकारी उक्त विद्यालयका सह–प्रधानाध्यापक दामोदर निरौलाले कपन अनलाइनलाई बताए ।

 

रिलायन्स सह-प्रधानाध्यापक दामोदर निरौला
रिलायन्स सह-प्रधानाध्यापक दामोदर निरौला

गरिबीको चपेटामा परेका बालबालिकाहरूको भावनालाई समेटेर रचिएको उक्त गीतका रचनाकार दीपक कौडिन्य हुन् भने सो गीतका संगीतकार केशव पौडेल हुन् । पौडेल रिलायन्स इन्टरनेसनल एकेडेमीका संगीत प्रशिक्षक पनि हुन् ।  वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, टीका भण्डारी र वरिष्ठ गायक रामा मण्डल रहेको  निर्णायक मण्डलले  निशालाई सर्वोत्कृष्ट ठहर्याएको हो ।   त्यसैगरी सो प्रतियोगितामा वसुन्धरा नेसनल एकेडेमी दोस्रो, तथा आनन्दभुमि विद्यालय तेस्रो भएका थिए ।

 

विज्ञान हाजिरी जवाफ सम्पन्न

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर रिलायन्स इन्टरनेसनल एकेडेमीको पूर्व विद्यार्थीहरुको समुहले कपन गाविसमा नै पहिलो पटक अन्तरविद्यालय स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । रिलायन्स इ.एकेडेमी विज्ञान विभागको सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा उत्तरपूर्वी भेगका १६ विद्यालयहरुले सहभागीता जनाएका थिए । पहिलो र दोस्रो चरणमा सम्पन्न सो हाजिरी जवाफ प्रतियोगितामा न्यु समिट विद्यालयले प्रथम,  त्रिज्योती उच्च मा.वि दोस्रो, ओस्कर स्कर्लसले तेस्रो तथा पायोनियर इङ्गलिस पब्लिक स्कुलले चौथो स्थान प्राप्त गरेको थिए ।

 

तपाइँको प्रतिक्रिया ।