त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार पार्किङ क्षेत्रमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार पार्किङ क्षेत्रमा आगलागी

कपन अनलाइन

काठमाडौं,१ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकतर्फको कार पार्किङ क्षेत्रमा आगलागी हुँदा केहीवेर उडान-अवतरण अबरूद्ध भएको छ । नजिकै रहेको फोहोर फ्याल्ने ठाउँमा अपरान्ह साढे ४ बजे अागलागी भएको हो ।

विमास्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरसँग भने, ‘फोहोर फाल्ने ठाउँमा आगलागी भएपछि सावधानी अपराउँदै ९ मिनेट विमानस्थल बन्द गरिएको हो । स्थिति सामान्य छ ।’ उनले दमकल नआउञ्जलका लागि विमानस्थल बन्द गरिको बताए ।

तपाइँको प्रतिक्रिया ।