चन्द्रागिरी नगरपालिकाका प्रमुख योजना अनुगमनमा

चन्द्रागिरी नगरपालिकाका प्रमुख योजना अनुगमनमा

कपन अनलाइन

काठमाडौ, फाल्गुन १ ।

चन्द्रागिरी नगरपालिका वडा नं १  दहचोक वडारे स्थित भुतेवडार धनबास सडक सोलिङ्ग गर्ने तथा ढलान कार्यको चन्द्रागिरी  नगरपालिका प्रमुख घनश्याम गिरि वडा अध्यक्ष राजेन्द्र केसी लगयतको टोलीले अवलोकन तथा   अनुगमन गरेको  छ।

अवलोकन तथा  अनुगमन पश्चात नगरपालिका प्रमुखले त्यसकार्यको प्रगति को बारेमा वडा अध्यक्ष राजेन्द्र के सी संग जानकारी लिंदै  कार्य छिटो सक्न निर्देशन समेत दिएका थिए। उक्त सडक सोलिङ्ग गर्नु अगाबै करिब ४०० मिटर जति सडकलाइ  डोजर लगाई फराकिलो बनाई ज्यादै उकालो भागको करिव १५० फिट लम्वाई र १२ फिट चौडाई हुने गरि डण्डी सहितको ढलान गरिएको छ।

वडा कार्यालय बाट रू ३ लाख विनियोजन गरेको रकम बाट ढलान कार्य भएको वडा अध्यक्ष राजेन्द्र केसीले कपन अनलाइनलाई  जानकारी दिए ।अनुगमन तथा अवलोकन पश्चात शिव रात्रिको अवसरमा  सोहि स्थानमा भेएको अम्बरेश्वर महादेव मन्दिरको  चन्द्रागिरी नगरपालिका प्रमुख सहित को टोलीले पूजामा  सहभागी भै प्रसाद समेत  ग्रहण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।