प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५-१ ले पराजित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५-१ ले पराजित

कपन अनलाइन 

एजेन्सी, २८ माघ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५-१ को फराकिलो अन्तरले हराएको छ । सिटीको जितमा उसका स्ट्राइकर सर्जियो अगुएरोले ४ गोल गरे ।

सिटीका लागि रहिम स्टेर्लिङले खेलको तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर जेमि भार्डिको २४ औं मिनेटको गोलमा पाहुना टोली लेस्टर खेलमा फर्केको थियो । पहिलो हाफ १-१ मै सकिए पनि दोस्रो हाफमा सिटी थप ४ गोल गर्न सफल रह्यो ।

अगुएरोले खेलको ४८ औं, ५३ औं र ७७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने ९० औं मिनेटमा थप १ गोल गर्दै खेलमा ४ गोल पुरा गरे । यस जितसँगै सिटी पहिलो स्थानमा १६ अंकले अगाडि रहेको छ ।

तपाइँको प्रतिक्रिया ।