रोनाल्डोको ह्याट्रिकमा रियल विजयी

रोनाल्डोको ह्याट्रिकमा रियल विजयी

कपन अनलाइन 

एजेन्सी, २८ माघ । यस सिजन फर्ममा नरहेको रियल मड्रिडलाई राहत मिलेको छ । शनिबार राति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिडले रियल सोसिडाडलाई ५-२ गोलले पराजित गरेको हो ।

रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोले मात्रै तीन गोल गरे । खेलको पहिलो मिनेटमा नै लुकास भारकुजले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए । खेलको २७ औ, ३७ औ र ८० औ मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको ३४ औ मिनेटमा टोनी क्रुसले गोल गरेका थिए । रियल सोसिडाडका लागि जोन बाटिस्टा र एसिर इलारामेहेन्दीले एकएक गोल गरे ।

उता भिल्लारियललाई झट्का लागेको छ । एलाभेससँग भिल्लारियल २-१ गोलले पराजित भएको छ । एट्लेटिको मड्रिडले मालागामाथि १-० गोलको कठिन जित निकालेको छ ।

तपाइँको प्रतिक्रिया ।