त्रि ज्योति माबी बुढानिलकण्ठ १२ को २३ औ अभिभावक दिवस सम्पन्न
कपन अनलाइन
काठमाडौँ, माघ २८ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको त्रि ज्योति माबीले आफ्नो २३ औ अभिभावक दिवस एबम २४ औ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि डा. तारानाथ शर्मा रहेका थिए भने बिशेष अतिथि रास्ट्रियगानका रचनाकार ब्याकुल माइला ,नियात्राकार बिष्णु प्रसाद शर्मा पराजुली, चरिमाया तामाङ, लगायत विभिन्न बिद्यालयका प्रिन्सिपल,शिक्षक प्रतिनिधि एबम अभिभावक र बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सभाध्यक्षता बिद्यालय संचालक समितिका अध्यक्ष केशब प्रसाद दंगालले गरेका थिए।कार्यक्रममा बिद्यालयका सहायक प्राचार्य गणेश कुमार मिश्रले स्वगत मन्तब्य राखेका थिए।
उनले त्रिज्योतिले २३ औ बसन्त पार गरिरहदा धेरै अनुभव प्रगति र बिश्वास प्राप्त गरेको बताउदै त्यो बिश्वास लाइ कायम गर्दै लामो इतिहास सक्रिय बर्तमान ,चरित्रवान जनशक्ति निर्माणको अभियानमा त्रिज्योति लागेको बताएका थिए।
उनले मोबाइल एप्सको माध्यमबाट आधुनिक सूचना सम्प्रेषण गर्दै अभिभावकहरुले सूचना विद्यालयको हरेक क्रियाकलाप गतिविधिको बोध गर्न सक्ने जानकारी दिएका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. तारानाथ शर्माले नेपाली भाषाको महत्वको बारेमा बोल्दै आफुले अंग्रेजीमा पढेको भएपनि आफुलाई नेपाली भाषाप्रति प्रेम भएको बताउदै नेपाली भाषाको महत्व बुझ्न आवश्यक रहेको बताएका थिए।भाषा आफुलाई चिनाउने शशक्त माध्यम भएकोले नेपाली भाषालाइ माया गर्न अनुरोध गर्दै त्रिज्योति माविलाइ शुभकामना दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिद्यालयका प्राचार्य भगवान अर्यालले बालमैत्री कक्षाको माध्यमबाट त्रि ज्योति माबी अघि बढेको धारणा राखेका थिए।उक्त कार्यक्रममा त्रिज्योति समाज सेवा बाट चरिमाया तामाङलाइ सम्मान गरिएको थियो भने त्रि ज्योति कला साहित्य सम्मान बाट नियात्राकार बिष्णुप्रसाद शर्मा पराजुलीलाई र त्रि ज्योति प्रतिभा सम्मान बाट पुर्व बिद्यार्थी सुवर्ण बुढाथोकीलाइ सम्मान गरिएको थियो ।त्यस्तै गरि बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका एबम कर्मचारीलाई पनि त्रिज्योति उत्कृष्ठ वर्ष पुरस्कार पर्दान गरिएको थियो ।
साथै उक्त कार्यक्रममा त्रि ज्योति ब्रेन स्टोर्म नामक स्मारिका बिमोचन समेत गरिएको थियो। उक्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बिचमा एकताको संदेश दिएका थिए । सभाध्यक्षताको आसन बाट बोल्दै बिद्यालय संचालक समितिका अध्यक्ष केशब प्रसाद दंगालले त्रिज्योति माबी गुणस्तरीय शिक्षालयको नमुना भएको बताउदै त्रिज्योतिलाइ उच्च माबी र कलेजसम्म को पठन पाठन बाताबरण निकट भविष्यमा मिलाउन लागेको पनि जानकारी दिएका थिए।उनले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।कार्यक्रम संचालन बिद्यालयकी शिक्षिका सावित्री रानाले गरेकी थिइन् ।