राममन्दिर खानेपानीले बगलामुखी मार्गसँग आपत्ति जनायो
कपन अनलाइनबगलामुखी मार्गको बाटो बिग्रनुमा निर्माण कमिटिले बनाएको छानविन समितिले बाटो बिग्रनुको दोषि आफ्नु संस्थालाई देखाइएकोमा कपन राममन्दिर खानेपानी संस्थाले आपत्ति जनाएको छ । बगलामुखी मार्ग निर्माण समितिले आन्तरिक रुपमा बनाएको छानबिन समितिमार्फत कपन अनलाइनलाई पठाएको प्रतिवेदनमा राममन्दिर खानेपानी समितिलाई बाटो बिग्रनुको दोषिहरुको बुँदामा दोस्रो नम्बरमा राखिएपछि यो आपत्ति जनाइएको हो ।
कपन गाविसका पूर्व अध्यक्षसमेत रहेका मिठाराम अधिकारी अध्यक्ष रहेको कपन राममन्दिर खानेपानी समितिले कपन अनलाइनलाई बोलाएर ज बाटोको अवस्था तथा प्रतिवेदनले औंल्याएको बुँदाहरुप्रति आफ्नो धारणा राख्यो । छानबिन समितिको बुँदाप्रति आपत्ति जनाउँदै अध्यक्ष मिठाराम अधिकारीले सातदिनभित्र प्राविधिक जाँचको प्रतिवेदन राममन्दिर खानेपानी समितिलाई उपलब्ध गराउन चुनौति दिए ।उनले कपन अनलाइन टिमलाई बगलामुखी मार्गको सबै भागलाई निरिक्षण गराउँदै प्राविधिकरुपमा खानेपानीको पाइपका कारण बाटो नभत्किएको प्रमाण पेश गरे । फोटोमा पनि देख्न सकिन्छ पाइप विछ्याइएको ठाउँ ड्रेनमा मात्र परेको छ ।
कपनको विकासका क्रममा धेरै बाटाहरु पिच गर्ने बिभिन्न अवसरमा कृयाशिल अधिकारी यो बाटो विग्रनुमा लगातारको वर्षा पनि एकहदसम्म कारक तत्व भए पनि विटुमिनको गुणस्तरता कमजोर हुनु मूख्य समस्या भएको बताए । उनले सायद सस्तो बिटुमिन भएकोले सेटिङलगायत अन्य विषयमा समस्या भएको हो । यसमा ठेकेदारसमेत झुक्किएको हुन सक्ने औंल्याए ।
यसैबीच सोही अवसरमा भेटिएका बगलामुखी मार्ग निर्माण समितिका सचिव डिल्लि न्यौपानेले चाँडै यो मार्ग मर्मत गरिने बताए । यो सबैको दुर्भाग्य हो राम्रो बनाउँदा चाहँदा चाहँदै पनि विविध कारणले बाटो बिग्रिन पुग्यो उनले थपे ।
हेर्नुस यसै विषयमा कपन अनलाइनले यो भन्दा पहिला प्रकाशित गरेको समाचार