शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले चौथो बिशेष बार्षिक साधारण सभा गर्ने

शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले चौथो बिशेष बार्षिक साधारण सभा गर्ने

कपन अनलाइन

काठमाडौं, माघ २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल स्थित  शिवपुरी बालुवा  खानेपानी तथा सरसफाई उपभोक्ता समितिले माघ २७ गते आफ्नो चौथो बिशेष  बार्षिक साधारण सभा गर्ने भएको छ । माघ २७ गते बिहान १० बजे जन जागृति माविको प्रांगणमा  हुने भएकोले उक्त साधारण सभामा उपस्तिथ हुनको लागि सबैलाई आयोजकले अनुरोध गरेको छ ।

शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दर्ता २०६६ सालमा भएको थियो । यो भन्दा पहिले पनि साधारण सभा गर्नुपर्ने भएपनि समय  अनुकुलका कारण साधारण सभा हुन नसकेको र यसलाई बैधानिक रुपमा संचालन गर्नको लागि साधारण सभा गर्न लागेको शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब रामराजा गौतमले बताएका छन्  ।

तपाइँको प्रतिक्रिया ।