टोखा नगरपालिका वडा नं ४ लाई नेपाल बिद्युत प्राधिकरणले टेरेन

टोखा नगरपालिका वडा नं ४ लाई नेपाल बिद्युत प्राधिकरणले टेरेन

कपन अनलाइन

काठमाडौ ,माघ २५।

विधुतीय पोलको  उचित व्यवस्थापन नहुँदा नेपालमा  धेरैले अकालमा ज्यान गुमाउनु परेको छ। विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरण मौन रहेको छ।

बिजुलीको तार लत्रिएका कारण बसमा छतमा तारले छुने हुँदा र काठको पोल मक्किएर ढल्ने गरेका कारण यसबाट समेत ठूलो दुर्घटना हुने अवस्था देखिएको  छ ।

दृश्य हो टोखा नगरपालिका वडा नं ४ मा रहेको बिजुलीको खम्बा जुन  ढलेको करिब ८ दिन भयो।  उक्त बिजुलीको ब्यबस्थापन गर्न सम्बन्धित निकायले सकेको छैन ।

सडक किनारमा रहेको बिजुली पोल ढल्दा त्यसको  व्यवस्थापन गर्न निवेदन दिँदा समेत नेपाल बिद्युत  प्राधिकरणले चासो नदिने स्थानीय गुनासो छ। समयमा निवेदन गर्दा ध्यान नदिने र पछि दुर्घटना  हुन सक्ने जोखिम बढेर जाँदा समेत  समाधान तर्फ ध्यान नजानु गैर जिम्मेवार काम भएको एक स्थानीयले कपन अनलाइन लाइ बताए।

उनले पोल ढलेर अरु दुर्घटना ननिम्तियोस भनेर काठले सपोर्ट राखेको बताए। उनले यसको छिट्टै ब्यबस्थापन हुनु पर्ने बताएका छन समय समयमा विद्युत्का कारण हुने दुर्घटना रोक्न सम्बन्धित प्रशासनले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्ने साथै प्राधिकरणको बेवास्ताले कति बेला बिजुलीको तार चुँडिएर र पोल ढलेर लाग्ने हो भन्ने त्रासमय जीवन बिताउनु परेको पनि उनले बताए  ।

उक्त पोल ढल्दा बाटो समेत अवरुद्द भएको छ भने  स्थानीय जोखिम मोलेर नै उक्त बाटोमा आवत जावत गरिरहेको हुनाले जुन सुकै बेला दुर्घटना निम्तिन सक्ने भएको ले सम्बन्धित निकायको ध्यान यस तर्फ समयमै पुगोस ।यस सम्बन्धमा हामीले टोखा नगरपालिका वडा ४ लाइ सोधेका थियौ। जवाफमा वडा कार्यलयका वडा सदस्य मधुकर बस्नेतले  पहिला पोल  अलिकति लच्केको मात्र थियो।

उक्त पोल  लच्केको बेलामा वडा नं ४ ले निरीक्षण गरेर स्थानीय संग छलफल गरी  बिद्युत प्रधिकारणमा निबेदन दिएको  बताए । उनले  पछि फेरी वडा कार्यलय बाट पनि प्राधिकरणमा निबेदन दिएको तर त्यसको सुनुवाई नभएको बताए।

उनले प्राधिकरणमा  निबेदन दिएको केहि दिनपछि  पोल ढलको र प्राधिकरणले  त्यसपछि मात्र सर्भे  गर्दै आश्वासन दिनु बाहेक हाल सम्म  कुनै काम नगरेको  वडा सदस्य मधुकर बस्नेतले जानकारी गराए।  उनले वडा कार्यलयले संबन्धित निकायमा पटक पटक अनुरोध गरिरहेको समेत बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।