कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स)ले माघ २७ गते देखि थ्री बाइ थ्री बास्केटबल  प्रतियोगिता आयोजना गर्ने

कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स)ले माघ २७ गते देखि थ्री बाइ थ्री बास्केटबल  प्रतियोगिता  आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं,माघ २५।

काठमाडौ का मा पा ६ बौद्ध टुसालमा स्थित कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स) ले माघ २७ गते देखि २९ गते सम्म  जुनियर र  सिनियर ब्याइज  साथै  सिनियर गर्ल्स केब्स अन्तर बिद्यालय केब्स कप थ्री बाइ थ्री बास्केटबल  प्रतियोगिता २०७४  आयोजना गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा केब्स स्कुलका प्रिन्सिपल मनोज भट्टराईले शैक्षिक ज्ञान र शिप बिकासको  साथ साथै खेल कौशलको  माध्यम बाट आचरण सुधार गर्दै  खेल कौशलको बिकास गर्नुको लागि अन्य शैक्षिक संस्थाहरु संगको  सम्बन्ध  प्रगाढ बनाउने  उदेश्य  राखेर  प्रतियोगिताको आयोजना गर्न लागिएको हुनाले सहयोग गर्न अनुरोध गरेका थिए  ।

कुल  १६  वटा स्कुलका  ३२ टिम सहभागी हुने छन जसमा  जुनियर र  सिनियर ब्योइज  साथै  सिनियर गर्ल्स  रहने उक्त बास्केटबल प्रतियोगिता बौद्ध टुसालमा रहेको  कुमारी आवसीय माध्यामिक बिद्यालयको खेल मैदानमा  संचालन हुने छ । उक्त  प्रतियोगितामा प्रथम दितीय र तृतीय  हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन ।

शैक्षिक गुणस्तर र खेलकुद्को माध्यम बाट आफुलाई अब्बल स्थापित गर्न सफल बिभिन्न बिद्यालयहरुको सहभागिता र सहयोगले खेलकुदको अपरिहार्यता र उक्त प्रतियोगिताको महत्वलाइ अझ उजागर गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको केब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताका संयोजक सम्भु कार्कीले  जानकारी दिए ।

१६ वटा स्कुल  सहभागी हुने उक्त प्रतियोगिताको खेल तालिका ड्र  गरि निकालिएको थियो। उक्त पत्रकार सम्मेलनमा आयोजक टिमका पदाधिकारीहरु, सहभागी बिद्यालयका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।