बुढानिलकण्ठ -६ धन्ने ढिकुरा देखि च्यासुण्डोल सम्म बिष्णुमती कोरिडोर खुलाउने कार्य सुरु

बुढानिलकण्ठ -६ धन्ने ढिकुरा देखि च्यासुण्डोल सम्म बिष्णुमती कोरिडोर खुलाउने कार्य सुरु

कपन अनलाइन

काठमाडौं ,माघ २५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ धन्ने ढिकुरा देखि दक्षिण तर्फ च्यासुण्डोल सम्म पर्ने बिष्णुमती किनारामा कोरिडोर खुलाउने बिषयमा बुनपा ६वडा कार्यालय र स्थानिय सरोकारहरु विच छलफल सम्पन्न भएको छ ।

सो छलफल पश्चात  हाल  करिडोर खुलाउने अस्थायी रुपमा सुरु भएको छ । विष्णुमति कोरिडोर खुलाउन का लागि वडा नं ६ का अध्यक्ष नविन केसी सहितको टोलीले कोरिडोरमा पर्ने सरोकारवाला स्थानीय संग छलफल गरेर यसका विविध पक्षको वारेमा प्रस्ट पारेको एक स्थानीयले बताए  ।

विष्णुमति कोरिडोर निर्माण हुदा त्यस क्षेत्रका जनताको यातायातको समस्या समाधान हुनुका साथै काठमाडौंका विभिन्न स्थानमा आवत जावत गर्नका लागि निकै सहज हुनेछ ।

विष्णुमति नदीका विभिन्न स्थानमा बस्ती र अन्य संरचना रहेका कारण कोरिडोर निर्माण कार्यमा वेला वेलामा समस्या देखा परबे गरेको छ भने यसको निर्माणका लागि स्थानीय तह ,प्रदेस सभा सदस्य र प्रतिनिधि सभा सदस्यले पनि चासो देखाउदै आएका छन।

फोटो सौजन्य :नविन केसी

तपाइँको प्रतिक्रिया ।