फ्रान्सेली कपमा पिएसजीले सोचाउलाई ४-१ ले पराजित

फ्रान्सेली कपमा पिएसजीले सोचाउलाई ४-१ ले पराजित

कपन अनलाइन 

एजेन्सी, २४ माघ । मंगलबार राति भएको फ्रान्सेली कपमा पिएसजीले सोचाउलाई ४-१ गोलले पराजित गरेको छ ।पिएसजीको जितमा एन्जल डि मारियाले तीन गोल गरे । उनले खेलको पहिलो मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

तर, सोचाउले खेलको १३ औ मिनेटमा बराबरी गोल फर्कायो । इडिसन काभानीले खेलको २७ औ मिनेटमा गोल गर्दै पुन पिएसजीलाई अग्रता दिलाए । त्यसपछि खेलमा चम्किए एन्जल डि मारिया ।

उनले खेलको ५८ औ र ६२ औ मिनेटमा दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । खेल सकिन केही समय बाँकी रहँदा पिएसजीका गोल रक्षकले रातो कार्ड पाए ।

तीन जना खेलाडी परिवर्तन गरिसकेको पिएसजीका लागि ड्यानी एल्भ्सले गोलरक्षकको जिम्मेवारी सम्हालेका थिए । यो जितसँगै पिएसजी फ्रान्सेली कपको अर्को चरणमा प्रवेश गरेको छ ।

तपाइँको प्रतिक्रिया ।