तारकेश्वर नगरपालिका वडा नं १० को जरुरी सुचना
कपन अनलाइन
काठमाडौ,माघ २३ ।
तारकेश्वर नगरपालिका वडा नं १० ले आज एक सार्बजनिक सुचना जारी गरेको छ ।उक्त सार्बजनिक सुचनामा माघ २८ गते आइतबार ११ बजे देखि मनमैजु सांस्कृतिक समाजको भवनमा तारकेश्वर नगरपालिका वडा नं १० अन्तर्गत नगर शहरी स्वास्थ्य केन्द्रको उद्घाटन हुने जनाइएको छ ।
साथै नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको जसमा जेष्ठ नागरिकहरुको बिशेष स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुने जनाइएको छ ।उक्त स्वास्थ्य शिविरमा सहभागी भइ स्वास्थ्य परिक्षण गर्नको लागि वडाले सार्बजनिक सूचना मार्फत अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।