कर्मचारी अभावले सेवा प्रभावित भएको बारे के भन्छन बुनपा प्रमुख उद्दव खरेल ?
कपन अनलाइन
काठमाडौ,माघ २४।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले विभिन्न संचार माध्यममा प्रकासित कर्मचारी अभावले सेवा प्रभावित भएको सम्बन्धमा कपन अनलाइन संग कुराकानी गर्दै समाचारमा आए जस्तो सबै कार्य प्रभावित नभएको बताएका छन ।
खरेलले अहिले नगरपालिकामा आफुले माग गरे जति कर्मचारीहरुको दरबन्दी नभएकोले सोचे अनुसार सेवा प्रभावकारी नबनेको स्वीकार गर्दै चाडै यसको लागि पहल गर्ने बताएका हुन्।यसका लागि नीति नियम र अन्य प्रावधान पुरा नहुदा कर्मचारी नियुक्ति गर्न समस्या परेको उनले बताए।
केहि दिन देखि नगरपालिकाकी प्रमुख प्रसासकिय अधिकृत सह सचिवको परीक्षाको तयारीमा रहेकोले नगरपालिका कार्यालय बाट प्रदान सेवामा केहि समस्या आएकोले त्यसको लागि बैकल्पिक व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
खरेलले यो समस्या एउटा मात्र नगरपालिकाको नभएर साबि जसो स्थानमा कर्मचारी अभावले गर्दा यस्तो समस्या भोग्नु परेको भन्दै वडा कार्यालयमा पनि कर्मचारी अभाव रहेको र त्यसको लागि नेपाल सरकार बाट उचित व्यवस्था भए पछी कर्मचारी नियुक्ति गरेर समस्या समाधान गरिने बताए ।
नगरपालिकामा रहेका कर्मचारीहरुको संख्या कम रहेकोले कोहि विदामा बस्दा कार्य सम्पादनमा निकै समस्या पर्दै आएको तर काम नै रोकिने भने नभएको एक जन प्रतिनिधिले कपन अनलाइनलाई बताए ।
बुढानिलकण्ठ नगरपालिकाका वडाहरुमा पनि अहिले कामको चाप भन्दा निकै कम कर्मचारीहरु रहेकोले कार्य सम्पादनमा असर परिरहेको छ । सुशासनलाई आफ्नो मुद्दा बनाएर निर्वाचन लडेका प्रतिनिधिहरु कर्माचारी अभावमा सेवा प्रभावमा प्रभावकारिता दिन नसक्दा तनावमा रहेको एक वडा अध्यक्षले बताए ।
