घरको नक्सा बनाएको पाँच हजारभन्दा बढी नलिन सिद्धिचरण नगरपालिकाको निर्देशन

घरको नक्सा बनाएको पाँच हजारभन्दा बढी नलिन सिद्धिचरण नगरपालिकाको निर्देशन

कपन अनलाइन 

काठमाडौ,माघ २४।

सिद्धिचरण नगरपालिकाले सेवाग्राहीसँग घरको नक्सा बनाएको रकम पाँच हजारभन्दा बढी लिने कन्सल्टेन्सीलाई कारवाही गर्ने भएको छ । सेवाग्राहीसँग मनपरि रकम लिएको गुनासो आएपछि निजी कन्सल्टेन्सीहरुले लिने रकम निर्धारण गरेको हो ।

भूकम्प पीडितहरुले नगरपालिकामा गुनासो गरेपछि पाँच हजारभन्दा बढी रकम नलिन सजग गराइएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकामा दर्ता गरेर सञ्चालित कन्सल्टेन्सीहरुलाई नगरपालिकाले दर निर्धारण नै गरेर बढी लिए अनुगमन गरेर कारवाही गर्ने जानकारी दिइएको छ । नगरपालिकाले आन्तरिक स्रोत बृद्धि गर्न एकिकृत सम्पति कर लागु गर्ने तयारी पनि गरेको छ ।

साथै नगरपालिकाले हालै नगरपालिकाको कार्य सम्पादनको प्रभावकारिता र भूकम्प पिडितहरुको अवस्था र पुन निर्माणको अवस्थामा केन्द्रित रहेर सार्वजनिक सुनुवाई गरेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।