फिल्म ‘जाइरा’मा नम्रता र अनुपको जोडी

फिल्म ‘जाइरा’मा नम्रता र अनुपको जोडी

कपन अनलाइन

काठमाडौं, माघ २३ ।फिल्ममा नम्रतासँग नायक अनुप विक्रम शाहीको जोडी बाँधिएको छ । फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गर्ने छन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो ।

एक्सन जनराको ‘जाइरा’ मा नम्रता र अनुपसँगै रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ । अहिले नायिका श्रेष्ठले फिल्मका लागि फाइट सिकिरहेकी छन् ।
बाबु सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी रहने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहनेछ । फिल्ममा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन् । ‘जाइरा’ मा नम्रता बक्सिङ खेलाडीको भूमिकामा देखिने स्रोत बताउँछ ।
ट्रेन्ड सिटर्स प्रा.लि.को ब्यानरमा बन्ने यो फिल्मको छायांकन फागुन तेस्रो साताबाट सुरु हुँदैछ । फिल्मको अधिकांश दृश्य काठमाडौंमा नै खिचिने निर्माता गोपालीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।