चिया बेचेर मासिक पचास हजार आम्दानी

चिया बेचेर मासिक पचास हजार आम्दानी

कपन अनलाइन 

दाङ, २२ माघ । यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । तुलसीपुरमा चिया बेच्दै आएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उनले बताए ।

“दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ, ”हलवाइले भने। बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया बिक्री गर्दै आएका  छन। उनले रु १० को दरले चिया बेच्दै आएका छन ।

चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्छन् । बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको बताए ।

तपाइँको प्रतिक्रिया ।