हार्नबाट जोगियो बार्सिलोना

हार्नबाट जोगियो बार्सिलोना

कपन अनलाइन 

एजेन्सी, २२ माघ । – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना र एस्पान्योलको खेल १-१ को बराबरीमा सकिएको छ । खेलमा १-० ले पछि परेको बार्सिलोनाले अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

लियोनेल मेसीलाई विश्राम दिइएको खेलमा बार्सिलोनाले पहिलो हाफमा अग्रता लिन सकेन । दोस्रो हाफको ५९ अौं मिनेटमा मेसी पाको अल्कासेरको स्थानमा मैदान प्रवेश गरेका थिए । तर, उनको अागमनसँगै बार्सिलोना खेलमा पछि पर्यो ।

जेरार्ड मोरेनोले सर्जियो गार्सियाको पासमा ६६ अौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर, खेलको ८ मिनेट बाँकी रहँदा बार्सिलोनाले बराबरी गोल फर्कायो । मेसीको फ्रिकिकमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाको हार टारे ।

यस जितसँगै बार्सिलोना अंक तालिकामा २२ खेलमा ५८ अंक लिएर शीर्षस्थानमा कायम छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोको ४९, भ्यालेन्सियाको ४० तथा रियल म्याड्रिड ३९ अंक सहित तालिकाको शीर्ष चार स्थानमा छन् ।

तपाइँको प्रतिक्रिया ।