प्रिमियर लिगमा लिभरपुललाई टोटनह्यामले बराबरीमा रोक्यो

प्रिमियर लिगमा लिभरपुललाई टोटनह्यामले बराबरीमा रोक्यो

कपन अनलाइन 

एजेन्सी २२ माघ । गए राति प्रिमियर लिगमा तालिकाको तेस्रो स्थानमा रहेको लिभरपुल र पाँचौंमा रहेको टोटनह्यामले २-२ को बराबरी खेलेका छन् ।

लिभरपुलले खेलको तेस्रो मिनेटमा मोहम्मद सालाहको गोलमार्फत अग्रता लिएको थियो । परिवर्तित खेलाडि भिक्टर वान्यामाले खेलको ८० औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए ।

खेलको ८७ औं मिनेटमा टोटनह्यामले खेलमा अग्रता लिने सुनौलो अवसर पाएको थियो । ह्यारी केनले जितेको पेनाल्टीमा उनी आफैं चुक्न पुगे । त्यसको चार मिनेटमा मोहम्मद सालाहले अर्को शानदार गोल गर्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए ।

इन्जुरी समयको पाँचौं मिनेटमा टोटनह्याम अर्को पेनाल्टी जित्न पनि सफल भएको थियो । सो पेनाल्टी भने ह्यारी केनले परिणत गर्दै टोलीको लागि एक अंक सुनिश्चित गरे । सो गोल केनको प्रिमियर लिगमा १०० औं गोल पनि थियो ।

लिभरपुलको २६ खेलमा ५१ अंक रहेको छ भने टोटनह्यामको उत्तिकै खेलमा ४९ अंक रहेको छ । आज राति वाटफोर्डविरुद्धको खेलमा चेल्सीले जित हात पारे लिभरपुल चौथो स्थानमा झर्ने छ ।

तपाइँको प्रतिक्रिया ।