विकासका लागि संयुक्त महिला समुह बुनपा ११ को पाठेघर सम्बन्धि समस्या परिक्षण कार्यक्रम सम्पन्न

विकासका लागि संयुक्त महिला समुह बुनपा ११ को पाठेघर सम्बन्धि समस्या परिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,माघ २१।

विकासका लागि संयुक्त महिला समुह बुढानिलकण्ठ ११ को महिलाको पाठेघर सम्बन्धि समस्या परिक्षण कार्यक्रम सम्पन्न भएको छ । करिव १६३ जना महिलाको पाठेघर सम्बन्धि समस्याको परिक्षण गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराई रहेका थिए भने अतिथिहरुमा प्रदेस सभा सदस्य दीपक निरौला ,कुसुम कुमार कार्की ,नेकपा एमालेका प्रदेस सदस्य सुन्दर पुर्कुटी ,जिल्ला सदस्य विदुर विक्रम खडका लगायत रहेका थिए।

सो स्वास्थ्य परिक्षण सिविरमा हेल्पिंग ह्यान्ड्स अस्पताल चावहिलको सहयोग रहेको विकासका लागि संयुक्त महिला समुहकीअध्यक्ष  प्यारी कुमारी शर्माले बताइन।महिलामा पाठेघर सम्बन्धि समस्या धेरै रहेको तर विविध कारणले ति समस्या खुल्न नसकेकोले यो सिविर आयोजना गरिएको अध्यक्ष   शर्माले बताइन ।

तपाइँको प्रतिक्रिया ।