नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ द्वारा विजेता खेलाडीलाई पुरस्कार वितरण

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ द्वारा विजेता खेलाडीलाई पुरस्कार वितरण

कपन अनलाइन 

काठमाडौ,माघ २१।

अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरले आफ्नो रजत जयन्तीका अवसरमा खेलकुद सप्ताह आयोजना गरेको छ । काठमाडौं क्षेत्र नं ८ प्रतिनिधि सभा सदस्य एबम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विभिन्न खेलकुदमा विजेता बनेका खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण पछी बोल्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालय तह देखिने खेलकुदलाई महत्व दिएमा मात्र खेलाडी उत्पादनमा सहयोग पुग्ने बताएका थिए  । उनले विद्यालय हरु खेलाडी उत्पादन गर्ने कारखाना रहेको भन्दै ति कारखानाले राम्रा खेलाडी उत्पादन गरेकोमा   धन्यवाद दिएका थिए ।

फोटो सौजन्य :निरज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।