जनप्रतिनिधिहरुको काम कारवाही र योजना निर्माणमा पार्टीले सहयोग गर्नेछ :दीपक निरौला

जनप्रतिनिधिहरुको काम कारवाही र योजना निर्माणमा पार्टीले सहयोग गर्नेछ :दीपक निरौला

कपन अनलाइन 

काठमाडौ,माघ २०।

नेकपा एमालेका जिल्ला कमिटि सदस्य एबम काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य दीपक निरौलाले स्थानीय तहका जनप्रतिनिधिहरुको काम कारवाही र योजना निर्माणमा पार्टी संग समन्वय आवस्यक रहेको बताएका छन ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटि संयोजक समेत रहेका निरौलाले योजना निर्माण र ति योजनाको कार्यन्वयनमा जनप्रतिनिधिहरुले पार्टी निकाय संग समन्वय गर्दा कार्य सम्पादनमा प्रभावकारिता आउने बताएका छ।

नेकपा एमाले बुढानिलकण्ठ १२ को बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बधाई प्रमाण पत्र ग्रहण गर्दै उनले बुढानिलकण्ठ नगरपालिकाको विकासमा स्थानीय तहमा निर्वाचित प्रतिनिधि र प्रदेस सभा सदस्यहरुले मिलेर काम गर्नुपर्ने बताएका छन ।

निरौलाले निर्वाचनको समिक्षा र परिणामको मुल्यांकन सबै शाखाहरुले गर्नुपर्ने र त्यसमा नगर कमिटीले पनि योजना सहित कार्यक्रम संचालन गर्ने योजना बनाइ रहेको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।