“नलेखिएको सम्बन्ध” उपन्यास भाग २

“नलेखिएको सम्बन्ध” उपन्यास भाग २

कपन अनलाइन

काठमाडौँ,माघ २० ।

ढोका ढकढकाए………
” भाउजु……भाउजु ढोका खोल्नुस न ।”
ढोका खोल्दा नखोल्दै दाईको आवाज सुने भित्रबाट ।
किन कराईराको साले घरको बोझ, यतिकै घुमेर खा; भन्दै ढोका खोल्नु भयो ।
म केही नबोली सरासर माथी कोठा उक्ले । आमाको कोठा नेर गएर बसे ।
सुक सुक गर्दै सिरकले मुख छोप्दै आमा रुदै हुनुहुदो रैछ ।
के भयो आमा ? मैले सोधे ।
केई भाको छैन बाबु, जा माथी गएर खाना खाउ अनि अलिकती मलाई पनि लेराउ; आमाले भन्नु भयो ।
हुन्छ आमा, अनि सांचि माईली दीदीले तपाईको लागी पाउरोटी पठाईदिनु भाको छ लिनुस । माईली दिदी भन्दै हुनुहुन्ठ्यो… तपाईलाई धेरै सम्झेको छ भनिदिनु भनेर भन्नुभा छ ।
ल म भान्छा गए है आमा ।
****************
आमा खाना; मैले आमाको सिरक अलि सार्दै बसे म पनि आमासँगै ।
हुन्छ बाबु एता राख्देउ ऐले खाउला अनि तिमिले खायौ ? आमाले सोद्ध्नु भयो ।
नाई खान मन छैन, भोक पनि छैन, अनि आमा औषधी लिनु भयो हजुरले ? मैले सोधे ।
छैन एकछिनमा खान्छु भन्दै खाना भए तिर हेर्दै निहुरिनु भयो आमा ।
औषधी पनि भोली सम्मलाई मात्र रैछ आमा है, भोली बेलुका मेडिकल जानुपर्ला । ल आमा औषधी र खाना समयमै खाएर सुत्नूस है, म गए पनि सुत्न फेरी भोली बिहान मेला जानु छ भैरे काका को ; मैले भने ।
हुन्छ बाबु जाउ; आमाले लामो सुस्केरा लिदै सास फेर्नु भयो ।
भर्याँगबाट तल झर्नै लाग्दा पल्लो कोठाबाट भतिजले बोलाउदै………
” अंकल……अंकल…”
हजुर बाबु; भतिज तिर केन्द्रित भएर बोले
गुड नाईट अंकल; भित्रबाट भतिजको बोली सुने ।
गुड नाईट बाबु……
एक्कासी भाउजु कराउनु भयो ।
कसैको नभाको अंकल भतिज खुरुक्क चुप लागेर सुत । भनेर भतिजलाई गालिगरेको सुने ।
तेस पछि भतिजको आवाज सुनिन सायद भाउजुको डर ले होला ।
म चुप लागेर छिडी आफ्नै कोठा ओर्ले । बाहिर पानी परिरहेको रोक्ने नामै लिईराको थिएन । कोठा को साईडमा रहेको सानो झ्यालबाट चिसो हावा सिरिर…सिरिर… आएर झन चिसो लाग्यो मलाई । हतारमा तन्ना लिएर झ्यालमा ताँन्गिदिए । घडीले पनि ९ बजेर ३० मिनेट देखाईसकेको थियो ।…….. र यसरी म भुईमा सुकुल ओछ्याई ओछ्यान,डस्ना ,सिरक मिलाए र आडैमा टुकी बत्ति बालेर सम्झनाको चिठ्ठी पढ्न बसे ।
हासेर बिदा गर्छु भन्थ्यौ तिमी मलाई तर छुट्टिने बेला तिम्रो मुस्कानले पनि कतै डेरा सार्यो कि है कृष्ण ! कृष्ण म तिम्रो सम्झना आँसुको साथी,जुन आँसु तिमी र म बगर बगर हुदै रुदै हिद्द्थ्यौ , आज त्यै आँसुले मलाई तिम्रो सम्झना नगरी बस्न सकिन कृष्ण र मलाई याहाँ आरामै छ, आशा छ तिमी पनि आरामै होलाउ र आमालाई पनि । फेरी तिमी घरको पिडाहरूले गर्दा मलाई सम्झिने फुर्सद पनि पाएनौ होला है ।
म बुझ्छु तिमिलाई कृष्ण । अस्ति सन्ध्याले पनि भन्दै थियो तिमिलाई घरमा झन-झन गाह्रो भैराको छ रे ! म पनि आजकल धेरै रुन थालेको छु बिगतलाई सम्झेर……। कैले काई लाग्छ नवजात शिशुहरू नि म जति रुदैनन होला । अनि उनिहरूको रुवाई मेरो रुवाईमा के फरक छ र उनिहरू चिच्याएर रुन्छन म चुपचाप । लामो समय देखि तिमिसँग को खोज खबर पाउन खोजेको थिए तर सकिन त्यसैले यो पत्र कोरेको हुँ । तिम्रो पिडा घटेन होला है कृष्ण घरका सदस्यहरू को कारण फेरी घरमा अझै उस्तै न होला ।
जिवन केवल लुगा भैदिएको भए म चाहे अनुरूप बदल्दै लगाउथे तर हुन सकेन है के गर्नु हाम्रो कहानि आखिर उस्तै रहयो । तिमी सायद अझै नि दीदीले दिनु भाको त्यै पुरानै ज्याकेटले काम चलाउदै होलाउ है ! अनि आमाको औषधी खर्च कसरी धान्दै छौ ? दाई भाइजुको कच कच अझै रोकेको छैन होला घरमा है ? फेरी तिमी अस्ति गोकर्ण तिर हिड्दै गर्दा तिम्रो चप्पल चुदेको संध्याले देखेकी रैछिन अस्ति फोन गरेर मलाई भन्दै थिइन् , सुनेर नमिठो लाग्यो कृष्ण । एकदिन दाईले चप्पल किन्देको खुसी पनि सुनाएका थियौ तिमीले त्यो पनि मैले कैले भुल्न चाहिन र सकिन पनि ।
तिम्रो खुसिका दिनहरू त औलामा गनेर भ्याउछ होला कृष्ण जति दु:खले तन्नै भरिएका छन भकारी । कृष्ण म छिट्टै आउदै छु नेपाल अनि तिम्रो लागी भनेर एकजोर लुगा, ज्याकेट, जुत्ता अनि एउटा मोबाईल पनि किनेर राखेको छु । पल पल बिर्सन सकिन तिमिसँग बसेर झारेका आँसुहरु । म बुझ्छु पनि कि तिमी मलाई कल गर्न या चिठ्ठी पठाउन पैसा पनि छैन भनेर । त्यसैले कृष्ण अब तिमी पनि केही गर्नु पर्छ,केही बन्नु पर्छ । केही मिठो केही तितो यो शब्दहरूलाई केवल मुटु अनि मनमा गुम्सिएका भावना सम्झि मनै भित्र राख्नु ल । हामी सँगसँगैको साथ रहदाको दिनहरू कल्पना गर्दा एकदम रमाइलो महसूस हुन्छ, के गर्नु सम्झिन सिवाय अरु केही रहेन । तिम्रो निश्चल हेराई,मिठो बोलिलाई मैले मेरो कोसेली सम्झेर यो मनमा सजाई राखेको छु ।
मानिसको जिवनमा संयोग पनि नसोचेकोनै हुदो रहेछ है कृष्ण ? मनभरी सम्झना बोकी पिडाले भरियुक्ट चोटहरुले आज मलाई नि बिदेश आउन बाध्य बनायो ! म मनभरी सपना सजाउदै पिडासरी रमाउदै आफ्नो सपनाको बाटो लागे ! म त केवल एउटा अर्थहिन शरिर मात्र याहाँ छु, प्राण त मेरो त्यै गाउँ-पाखामै घुमेर डुल्दैछन,अनि तिमिसँग बिताएका दु:ख सुखका दिनहरु संग………आखिर जो यथार्थ हो त्यो बास्तबमै कठिन हुदोरहेछ, त्यहि कठिनाईसँग म लडिरहेको छु । म आउदैछु कृष्ण अब सुनौलो दिन शुरू गर्नु छ । यो जुनिमा तिमी जस्तो साथी पाएर धेरै खुसी छु । तिम्रो स्वच्छ मन,खुल्ला हृदय अनि भबिस्य प्रतिको चिन्तन र सदब्यवहारले मलाई तिमी प्रति पूर्ण रुपमा आत्मिएता बढाएको छ साथित्वको कृष्ण ।
म भगवानसँग कामना गर्छु जनम जनम तिम्रै साथी बन्न पाउ । म तिम्रो आदर्श र महानतालाई पुजा गर्छु र तिम्रो अनुकरनिय एवं अतुलनिय समर्पण भाव देखेर ज्यादै नत मस्तक पनि बनेको छु । कृष्ण लेख्दा लेख्दै मेरा आँसुले शब्द रोक्नै मानेन त्यसैले करैले भएनि शब्दलाई रोक्दैछु । तिमी आफ्नो ख्याल गर अनि आमाको पनि ल ! म नेपाल आएसि आमालाई राम्रो हस्पिटलमा लगेर उपचार गराउला नि है । तिम्रो आमा मेरो पनि त आमा हो । अनि तिमिलाई खर्च छैन भने संध्यासँग लिएर काम चलाउदै गर मैले भन्देको छु उसलाई र म नआउनजेल सम्मलाई एकजोर नयाँ चप्पल पनि किन्नु है । मेरो आँसुले तिमीलाई नै सम्झिरहेको छ कृष्ण तिमिलाई नै । मैले अरु लेख्न सकिन बाकी नेपाल आएर भेटेरै कुरा गरौला अहिले बिदा हुन्छु । तिमी हाँस्दा हाँस्ने यो मन तिमी रुदा रुन्छ……… उहि तिम्रो साथी सम्झना
क्रमश ……………….
(“नलेखिएको सम्बन्ध” उपन्यास गोकर्णेश्वर नगरपालिका  वडा नं ४ निवासी कृष्ण श्रेष्ठले पठाउनु भएको हो ।हाल उहा मलेसियामा कार्यरत हुनुहुन्छ  साथै कथाकी पात्र सम्झना श्रेष्ठ  इन्टरनेसनल सिटी हाउस नं १९ स्पेन     टि  ०३ युनाइटेड अरब इमिरेट्स दुबई मा बस्छिन अर्को शनिबार  नलेखिएको सम्बन्ध भाग ३  लिएर आउने छौ  प्रतीक्षा गर्नुहोस ) “नलेखिएको सम्बन्ध” भाग १  
पढ्नु भएको छैन भने यहा लिंक राखेका छौ  https://kapanonline.com/archives/63978
तपाइँको प्रतिक्रिया ।