जुनियर विश्व स्कि च्याम्पियनसिपमा भाग लिने जाने खेलाडीको बिदाई

जुनियर विश्व स्कि च्याम्पियनसिपमा भाग लिने जाने खेलाडीको बिदाई

कपन अनलाइन 

काठमाडौ,माघ १९

एफआई एस अल्पाइन जुनियर विश्व स्कि च्याम्पियनसिपमा सहभागी हुन सफलराम श्रेष्ठ शुक्रबार स्विट्जरल्यान्डको डाभोस प्रस्थान गरेका छन् ।
जापानका ओसामु किमुरा पनि प्रशिक्षकको भूमिकामा स्विट्जरल्यान्ड जाने छन् । हाल जापानमै रहेकाले किमुरा त्यत्तैबाट स्विट्जरल्यान्ड जाने कार्यक्रम रहेको छ ।

खेलाडीलाई नेपाल स्कि संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।सो बिधाई कार्यक्रममा नेपाल स्कि संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ ,महासचिव विजय श्रेष्ठ ,सदस्य सन्तमाया परियार लगायतको उपस्थिति रहेको थियो  ।

नेपालको भौगोलिक र प्राकृतिक बनौटले यहाँ स्की खेलको सम्भावना रहेकोले संघले यसको अध्ययन र गतिविधि संचालन गर्दै आएको छ ।त्यसै क्रममा जुनियर विश्व स्कि च्याम्पियनसिपमा खेलाडीहरु सहभागी गराएको संघले जनाएको छ।

प्रतियोगिता २०१८ फेव्रुवरी ६ र ७ तारिखमा हुनेछ।

तपाइँको प्रतिक्रिया ।