एपीएफ टोलीद्वारा लागू औषध सहित एक जना पक्राउ

एपीएफ टोलीद्वारा लागू औषध सहित  एक जना  पक्राउ

कपन अनलाइन 
महोत्तरी,माघ १९ ।
महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ बाट माघ १८ गते दिउँसो एपीएफ टोलीले विभिन्न किसिमका लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सोही जिल्लाको औरही नगरपालिका ८ बस्ने २४ वर्षिय राकेश कुमार साहलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले नुफ्रिन ७९ वटा, डाईजिल्याव ७९ वटा, फेनारगन ७९ वटा र तीन सयवटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।

सो ठाँउमा एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहको साथमा उल्लेखित परिमाणको लागू औषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले निज साहलाई बरामद लागू औषध सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

तपाइँको प्रतिक्रिया ।