भंगहाको बजेट रु ४२ करोड ५० लाख

भंगहाको बजेट रु ४२ करोड ५० लाख

कपन अनलाइन 

बर्दिवास, १९ माघ । महोत्तरीको भंगहा नगरपालिकाको प्रथम नगरसभाले आव २०७४÷०७५ का लागि रु ४२ करोड ५० लाखको विनियोजित बजेट आज पारित गरेको छ ।

सोमबारदेखि शुरु भई आज सम्पन्न नगरसभाले शिक्षा, कृषि, स्वास्थ्य, सडक सञ्जाल र धार्मिक पर्यटनलाई प्राथमिकता दिएकोनगरका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार चौधरीले जानकारी दिए ।

यसअघिका भङ्गाहा, धर्मपुर, हात्तीसर्वा, मेघनाथगोरहन्ना, सिङ्ग्याही र हरिहरपुर हरिनमरीसहित छ गाविस समेटेर बनेको सो नगरपालिकामा सिद्धनाथ महादेवस्थान, कञ्चनवन र गढीमाई अतिप्राचीन धार्मिकस्थल छन् । नगरसभाले ती धार्मिक महत्वकास्थलको विकास गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको नगर प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।