प्रधानमन्त्री देउवा र स्वराजबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र स्वराजबीच बालुवाटारमा भेटवार्ता

कपन अनलाइन 

काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच शुक्रबार मध्यान्ह बालुवाटारमा भेटवार्ता भएकाे हाे । उक्त भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै बलियो बनाएर लैजाने विषयमा छलफल भएको थियो ।

दुई दिने नेपाल भ्रमणकाक्रममा स्वराज बिहीबार काठमाडौं आएकी थिइन् । उनले राष्ट्रपति विद्या भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै राजपा र फोरम नेताहरुलाई भेटिसकेकी छन् ।

तपाइँको प्रतिक्रिया ।