कोकाकोलाको आयोजनामा फिफा वल्र्डकप २०१८ को ट्रफी यात्रा सुरु

कोकाकोलाको आयोजनामा फिफा वल्र्डकप २०१८ को ट्रफी यात्रा सुरु

कपन अनलाइन 

काठमाडौं, माघ १९।

फिफा वल्र्डकप २०१८  ट्रफीको टुर सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ बाट रसियामा सुरु हुँदै छ ।
विश्वकप २०१८को ट्रफी टुर कोकाकोलाले आयोजना गरेको हो भने यसको सुरुवात गत ९ सेप्टेम्बर २०१७ देखि रसियाको मस्को लुजिन्की स्टेडिएमबाट सुरु भएको थियो ।

यो ट्रफीलाई रसियन लिगको सुरुवातको अवसर पारेर फिफाका अध्यक्ष जियानी इन्फेन्टीनो र रियन राष्ट्रपति भ्लादिमर पुटिनले संयुक्त रुपमा गरेका थिए । यो ट्रफीलाई विश्वका ५४ देशमा भ्रमण गराईने छ । सन् २०१८को सुरुवातसँगै श्रीलंकाको कोलम्बो पुर्याइएको यो ट्रफी पाकिस्तान र चीनमा समेत पुर्याइने छ ।

सन् २००६ देखि कोकाकोलाले फिफासँग लामो सम्झौता गरेर यो अभुतपूर्व ट्रफीको विश्व यात्राको सुरुवात गरेको हो । यो सक्कली ट्रफीको यात्रा कोकाकोलाले जर्मनीमा भएको विश्वकप २००६ बाट सुरु गरेको थियो । त्यति बेला यो ट्रफीलाई ३ महिना भित्र विश्वका ३१ देशमा पुर्याईएको थियो । जसलाई विश्वका लाखौैं फुटवल प्रेमीले प्रत्यक्ष रुपमा देख्ने अवसर पाएका थिए ।

सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्व कपमा दिइएको ट्रफीलाई विश्वको ८४ देशमा पुर्याईएको थियो । त्यसमा ५० वटा अफ्रिकी मुलुकहरु समेत रहेका थिए ।

अहिलेसम्मकै धेरै देशमा भ्रमण गराईएको वल्र्डकप ट्रफी २०१४ ब्राजिल वल्र्डकपको हो । त्यतिबेला १० औं लाख फुटबलप्रेमिले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यति बेला नेपाली फुटबलप्रेमीले समेत ट्रफीलाई प्रत्यक्ष देख्न अवसर पाएका थिए ।

त्यतिबेला सन् २०१३ को डिसेम्बर २१ मा भुटानबाट ट्रफीलाई नेपाल ल्याइएको थियो । त्यसलाई नेपाल ल्याउन कोकाकोलाले एन्फासँग सहकार्य गरेको थियो । काठमाडौंको दशरथ रंगशालामा सार्वजनिक गरिएको ट्रफीलाई तात्कालीन नेपालका राष्ट्रपति डा. रामवरण यादब ज्यूले सार्वजनिक गरेका थिए । जहाँ ७,५०० फुटबल प्रेमीले नजिकबाट नियाल्ने मौका पाएका थिए ।

फिफा वल्र्डकपमा दिइने वास्तविक ट्रफीलाई फुटबलका फ्यान्सको बिचमा पुर्याउने र उनिहरुले ट्रफीसँग फोटो खिच्ने अबसर कोकाकोलाले प्रदान गर्दै आएको छ । फुटबल म्याचको फाइनलमा मात्रै प्रर्दशन गरिने र त्यसअघि (दि फिफा वल्र्ड फुटबल म्युजियम)मा राखिने यो ट्रफीलाई विश्वभर पुर्याएर नजिकबाट नियाल्ने मौका कोकाकोलाले प्रदान गर्दै आएको छ ।

२०१८ बल्र्डकप ट्रफी ५४ देशमा पुर्याइने छ । यसको सुरुवात श्रीलंकाबाट सुरु भएको हो । जनवरी २४ को दिन श्रीलंकाको साँग्रिला होटलमा राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सार्वजनिक गरेका थिए । शो अवसरमा श्रीलंकेली प्रधानमन्त्री रनिल बिक्रेमे सिंन्हेले १५०० भाग्यशाली फुटवल फ्यान्सबाट फुटबल विकासको बारेमा राय सुझाव लिएका थिए । जसले श्रीलंकाली फुटबल सन् २०३० सम्म कहाँ पुर्याउने भन्ने लक्ष्य सार्वजनिक गर्न सहयोग पुगेको जनाइएको छ ।

श्रीलंकामा भएको उक्त कार्यक्रममा कोकाकोला नेपालका कन्ट्री मार्केटिङ म्यानेजर श्री गौरभ रामदेबले सहभागिता जनाएका थिए । उनले भने  ‘कोकाकोला फुटबल खेलसँग जोडिन पाउँदा निकै गर्व गर्छ । यो विश्वमै सबैभन्दा बढी चर्चा गरिने, हेरिने र खेलिने खेल हो । कोकाकोलाले यो यात्रा मार्फत आउने नया पिढीका युवा फुटबल फ्यानहरुलाई प्रोत्सहान गरको छ । अघिल्लो फिफा वल्र्डकप ट्रफी टुर यात्रामा यो ट्रफी नेपाल लघिएको थियो यसैगरी कोकाकोलाले आफ्ना नेपाली उपभोक्तालाई नयाँ अनुभब प्रदान गराई रहने छ ।

तपाइँको प्रतिक्रिया ।