“तुवालोले छेकेको चन्द्र ग्रहण”
कपन अनलाइन
काठमाडौ,माघ १८ ।
“तुवालोले छेकेको चन्द्र ग्रहण” चन्द्र ग्रहण लाग्दै गरेको तस्बिर चुच्चे पाटीमा रहेको के एल टावर बाट लिईएको थियो ।
नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ ।ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने बताइएको थियो। यो ग्रहण नेपाल लगायत भारत, चीन मंगोलिया, जापान, मलेसिया, ताईवान, न्युजिल्याण्ड, अष्ट्रेलिया, युरोप, रसिया, अलस्का र अफ्राकाका केही देशहरुबाट समेत देख्न सकिने जनाइएको छ ।यधपी नेपालबाट भने मौसम सफा नभएकोले राम्रो संग चन्द्र ग्रहण हेर्न पाइएको थिएन ।खग्रास ग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ । तर ‘ब्लु ब्लड मुन’ भनेर भने पनि त्यस दिन चन्द्रमा निलो भने देखिने होइन । खग्रास चन्द्र ग्रहण हुँदा रङ रातो हुन्छ।
फोटो सौजन्य : सरोज बस्नेत