सबै मिलेर सहिदको सपना पुरा गर्नु पर्दछ :उप राष्ट्रपति नन्दकिशोर पुन

सबै मिलेर सहिदको सपना पुरा गर्नु पर्दछ :उप राष्ट्रपति नन्दकिशोर पुन

कपन अनलाइन

काठमाडौँ, माघ १६ ।

शहीद दिवस २०७४ को अवसरमा आज  गोकर्णेश्वर नगरपालिका वडा नं ९ जगडोलमा रहेको  राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) मा आयोजित कार्यक्रमका प्रमुख अथिति सम्माननीय उप राष्ट्रपति नन्दकिशोर पुन (पासांग) ले बोल्दै उनले देश र जनताका लागि आफ्नो ज्यान उत्कर्ष गर्ने सबै ज्ञात अज्ञात सहिद प्रति भाबपूर्ण श्रद्दान्जली अर्पण गरेका थिए ।

उनले देशको निमित्त जनताको निमित्त घाइते अपाङ्ग भएका सम्पूर्ण आन्दोलनको क्रममा, द्वन्दको क्रममा ,युद्दको क्रममा घाइते अपांग  भएका सबैलाइ स्मरण गरेका थिए। उनले बेपत्ता भएका योद्दाहरू जसले परिबर्तनको लागि आफु बेपत्ता भएर पनि  रास्ट्रलाइ ठुलो योगदान दिएर गएको बताउदै  त्यी बेपत्ता जनहरुलाई पनि उनले स्मरण गरेका थिए।

उनले त्यी महान शहिद जसले रास्ट्र निर्माणको लागि एउटा ठुलो सपना देखेको र  त्यी सपनाहरु तपाई हामी बचेका जति छौ त्यी सबै सपना पुरा गर्ने जिम्मेवारी  सबैको काँधमा छोडेर गएको बताए।

सहिदहरु राष्ट्रका आस्थाहरु हुन् भन्दै उनले अर्को अर्थमा भन्दा विचारको खानी भएको बताए ।उनले  आस्थाका धरोहरका सपनाहरु साच्चिकै वास्तविक थिए भन्दै त्यी सपनाहरु अजर थिए र त उहाहरु रास्ट्रको निमित्त एउटा रगतको बलि दिएर सधैको निमित्त अजर अमर भएको बताए ।

शहीदका सपना पक्कै पनि अन्याय अत्याचार शोषण उत्पीडन सबैको अन्त्यको लागि  बलिदानी गरेको बताउदै एउटा सम्वृद्ध राष्ट्र निर्माणको लागि बलिदानी दिएको बताए ।लोकतन्त्र अथवा सुशासन असल शासनको निमित्त पनि बलिदानी गरेको चर्चा गरेका थिए।

उनले सबै  नेपाली जनता सबै सम्वृद्ध होउन, सबै धनि होउन सबैको दुखको अन्त्य होस् र सबै मानब मानब बीचको भेदभावको अन्त्य होस् र सबै समान होउन भन्ने शहीदको सपना रहेको बताए ।

त्यो सपना पुरा गर्न तपाई हामी  जतिपनि बचेका छौ ,उहाहरुलाई पुज्दै शहीदहरुको सम्मान गर्दै सपनाहरुलाई पुरा गर्ने अठोटका साथ् अघि बढीरहेकको बताएका थिए। उनले शहीदहरुको सपना त्यतिखेर पुरा हुने जब यो रास्ट्र साच्चिकै उन्नत , साच्चिकै सम्वृद्ध बन्नेछ, साच्चिकै यहाँ भएका भेदभाव उत्पीडनको अन्त्य हुनेछ भन्दै  सबै बचेकाहरुले ति  सपनाहरु पुरा गर्ने प्रतिबद्दता गर्नुपर्ने एउटा कर्तब्य ठानेको  र यहि कर्तब्यबोध गर्दै अघि बढ्नु पर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।