राष्ट्रिय शहिद तथा शान्ति पार्क निर्माणमा ढिलाई हुनु हुदैन :रामेश्वर फुँयाल

राष्ट्रिय शहिद तथा शान्ति पार्क निर्माणमा ढिलाई हुनु हुदैन :रामेश्वर फुँयाल

कपन अनलाइन

काठमाडौँ, माघ १६ ।

शहीद दिवस २०७४ को अवसरमा  गोकर्णेश्वर नगरपालिका वडा नं ९ जगडोलमा रहेको  राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) मा आयोजित कार्यक्रमका विशेष अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नाम ३ प्रदेश सभा २ बाट बिजयी भएका  प्रदेश सभा सदस्य रामेश्वर फुयालले  ज्ञात अज्ञात सहिदलाइ श्रद्दान्जली ब्यक्त गर्दै लखन थापा देखि सम्पूर्ण शहीदहरुका जे सपना छन् आन्दोलनकारीहरुका जे सपना छन्। त्यी सबै सपना पुरा गर्नको लागि सबै आ आफ्नो ठाउ बाट संकल्पित बन्नुपर्ने धारणा राखेका थिए । त्यसको लागि उनले  जो जो जुन जुन जिम्मेवारीमा छौ, दायित्वमा छौ त्यो दायित्व पुरा गर्न सकौ  त्यसको लागि अपिल गरेका थिए ।

उनले राजनीतिक बातावरण बदलिएको भन्दै सङ्क्रमणकाल सकिने अवस्था सिर्जना भएको भन्दै तीन तहको सरकारहरु बनेका छन्। त्यी तीन तहको सरकार साथ् साथै यी काम गर्नको लागि यो उध्द्यानको काम गर्नको लागि सरकार जस्तै गरि राज्यले जिम्मेवारी दिएको निकाय भएको बताएका थिए। उनले हामि सबैले आ आफ्नो ठाउँ बाट समयमै काम सक्नु पर्ने बताउदै त्यो नै नेपाली जनताको र शहीदहरुको  सपना भएको बताएका थिए ।

उनले यो ठाउ सम्म राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरु सिधै यो ठाउमा आएर शहिदहरुलाई सम्मान गरेर सलामी प्रकट गरेर फर्किने थलोको रुपमा बनाउन ढिला भइसकेको बताएका थिए।यो निर्माणमा हुने ढिलाई गर्नु नहुने उनको भनाइ थियो ।

उनले धरै वर्ष हरु व्यतित भइसकेका छन् त्यो सक्ने कसले त भन्दै प्रश्न गरेका थिए। त्यो काम सक्नु हामि सबैले पर्ने बताउदै त्यो जिम्मेवारी लिएर जानुपर्दछ भनेका थिए। उनले  शहीदहरुका सपना स्वतन्त्रता को लागि थियो, पूर्ण लोकतान्त्रिक नेपाल , रोजगार नेपाल र सुखी मानब जाती बिकासका   लागि  रहेको बताएका थिए।

त्यो सबै कुरा पुरा गर्नको लागि हजो ऋषिमुनिहरुले ५ हजार वर्ष अगाडी देखि दिएको  दर्शनलाई हामीहरुले सदुपयोग गर्यौ। त्यसै गरि बुद्दले २५ सय ६१ वर्ष अगाडी संसार लाइ  दिएको ज्ञानलाइ सदुपयोग गर्यौ  शान्ति अहिंसा करुणा जस्ता बिषयलाई यहि थलोमा सम्जनु पर्ने बिषय भएको आफुलाई लागेको बताएका थिए ।

उनले रुपान्तरण सम्भब छ भन्दै  शहीदको सपना पुरा गर्दै जनताको जीवनमा परिबर्तन ल्याउन को लागि सबै तह बाट अगाडी बढ्नुपर्ने बतएका थिए । साथै उनले  देशलाइ मुख्य रास्ट्रिय झण्डालाई आधार मानेर सबै राजनीतिक पार्टीहरुले बिकासमा जुटौ परिबर्तनमा जुटौ भन्ने अनुरोध गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।