काठमाडौंको बौद्धमा बसको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

कपन अनलाइन

काठमाडौं,माघ १६।

काठमाडौंको बौद्ध स्तुपा नजिकै बसको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ताप्लेजुङग ओलाङचुङगोला घर भई गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने ६५ वर्षीया डोमा लामाको मृत्यु भएको   हो ।

बौद्धबाट रत्नपार्कतर्फ जादै  गरेको बा ३ ख १३०९ नम्बरको सिटी यातायातको बसले लामा लाई ठक्कर दिएको थियो । लामाको न्युरो अस्पताल बासबारीमा उपचार क्रममा मृत्यु भएको छ । ठक्कर दिने बस सहित चालकलाई प्रहरी बृत बौद्धले नियन्त्रणमा लिएको छ।

तपाइँको प्रतिक्रिया ।