अपरिचिति व्यक्तिबाट डलर साट्ने भन्दै नगद ठगी गरी फरार
कपन अनलाइन
भक्तपुर, माघ १६।
मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल पछाडीबाट काठमाडौं कपन बस्ने सोलुखुम्बुको चौरीखर्क गाउँपालिका–१ घर भएका २७ वर्षीय लोक्पा शेर्पाको नगद ७ लाख रुपैयाँ सोमबार अपरिचिति व्यक्तिले ठगी गरी फरार भएका छन् ।
उक्त रकम डलरसँग साटी दिन्छु भनि सिन्धुपाल्चोकको बाह्रबिसे घर बताउने करीव २८ वर्षीय सुजन खडका सहित २ जनाले ठगी गरी फरार भएको जानकारी प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले ठगी गर्नेको खोजी कार्य गरिरहेको छ । यस सम्बन्धमा प्रहरीलेआवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।