” नलेखिएको सम्बन्ध ” उपन्यास – भाग १
कपन अनलाइन
काठमाडौ,माघ १५ ।
बाहिर पानी परिरहेको थियो । अकस्मात चिसो ले गर्दा जाडो पनि ह्वात्तै बढेकोले जाडो थेग्न उलनको उई पुरानै ज्याकेट निकालेर काम चलाउदैछु । पोर-परार नै दिदीले” भाई ला ! यो ज्याकेट लगा” तिम्रो भिनाजुले लगाउन छोडीहाल्यो, फेरी भिनाजुले नयाँ ज्याकेट किन्या छ क्या त्यसैले तिमिलाई काम लाग्छ भनेर ल्याईदेको भन्दै दीदी ले दिनु भएको त्यै पुरानै ज्याकेटलाई सम्हालेर राखेको छु । यो ज्याकेट पनि नभएको भए अर्को कुन लुगा छ र म सँग यो जाडो थेग्न ।
बाबू ……बाबू कान्छा माथी भान्छामा गएर हेर त पानी परेर बुईकलमा पानी चुहिएर बिजोक भैराको होला गएर बाटाहरु थाप्देउ ।
सकिनसकी आमा बोल्दै हुनुहुन्थ्यो ।
आमाको स्वर सुन्ने बित्तिकै ” हस आमा ” भन्दै म ज्याकेट लगाएर हर्स्यांग फर्स्यांग गदै माथी बुईकल उक्ले ।
भान्छा पुग्दा नपुग्दै ठाउँ-ठाउँमा चुईरहेको पानी देख्दा मन चिसिएर आयो । मनमनै कुरा खेल्न थाले, ” बा आज तपाई हुनुभाको भए सायद आमालाई यति गाह्रो हुने थिएन की अनि हामिलाई र यो घरलाई पनि है ! मैले पनि एकसरो नयाँ ज्याकेट लाउन पाउने थिएँ की । ”
आँसु पुछ्दै म भर्याँग झर्दै थिए अचानक भाउजुले बोलाउनु भयो ।
– कान्छा ए कान्छा …
– हजुर भाउजु, मैले भने;
तेरो दाईलाई संचो छैन भोली बिहान तल भैरे काका को मेला भर्न त जा बुझिस ।
भाउजुले आदेस दिनु भयो ।
“हुन्छ भाउजु” भन्दै म ओछ्यानमा पल्टिरहेकी आमा छेऊ पुगे ।
आमा मलाई हेर्दै ज्वोरोले खोल्न नसकेका आँखा बाट आँसु झार्न लाग्नु भयो ।
आमा नरुनुस म छु नि है भन्दै आमाको आँसु पुछिदिए ।
मनलाई साह्रै गाह्रो भयो घरबाट भएनि एकछिन बाहिर निस्कनु पर्यो भनेर आमालाई भने; “आमा म चोक सम्म गएर चिया खाएर आउछु नि ल” ।
हुन्छ, बाबु अनि त सँग पैसा छ त ? आमाले सोध्नु भयो ।
छ आमा तपाईले दिनु भएको अस्तिको ७० रुपैयाँ, अनि अस्ति दिदी आउदा “भाई खाजा खाऊ है” भनेर दिनु भाको ५० रुपैयाँ सम्हालेर राखेकोछु। ( आँसु झार्दै रहे म पनि )….
– आमा म गए है ;
– हुन्छ बाबु बरु छिटो आइजो है मलाई हिजो अस्ति भन्दा आज चिसो ले गर्दा होकी दम बढेर आको छ फेरी बत्ति जाने बेला नि हुन लाग्यो छिट्टै फर्क है ( सिरक च्याप्दै आमाले भन्नु भयो ) ।
– हुन्छ आमा म गए छिट्टै फर्किन्छु पिर नमान्नु ……….
जाडो भएर होकी आज माईली दीदी को होटलमा चिया खानेहरू को जम-घट धेरै देखे । हिजोअस्ति भन्दा र भित्र ठाउँ नभएर म बाहिरै उभिए ।
” माइली दिदी खै दुध चिया, एक कप दिनुस है मलाई”- बाहिरै बाट मैले भने ।
“हस बाबु”- माईली दीदी ले भित्रबाट आवाज फर्काईन ।
हासोका फोहोराहरू सुने भित्रबाट चिया खाने हुलहरूको । कोई नयाँ ज्याकेट किनेको कुरा गर्दै, कोई अफिसको कुरा गर्दै, कोई काहाँ काहाँ घुम्न जाने अनि घुमेर आएको कुरा गर्दै । यस्तै यस्तै कुराहरू को गुंजन मिश्रित कुराहरू सुनिरहे । म भने मेरै दीदी ले दिनु भएको त्यै पुरानै ज्याकेट ले भएनि यो जाडो छेग्दै छु ।
यसरी सानैमा स्कूल हुदा नेपाली किताबमा ” म जुजुमान ” को कथा पढेको सम्झना आयो । कता कता कथा अलि अलि मलाई नै मिलेको होकी जस्तो नि लाग्यो ।
मन-मनै सोच्न पुगे……
” आखिरमा उनिहरू जस्तै नयाँ ज्याकेट
लाएनी म कृष्ण नै हुँ, यै पुरानै ज्याकेट
लाएनी म कृष्ण नै हुँ ।”…
“बाबु चिया लिनुस”- भन्दै माईली दिदी बाहिर आउनु भयो ।
“चिया सँग अरु केई खानेकी पफ, बिस्कुट ? “……माईली दीदी ले सोध्नु भयो मलाई ।
“नाई माईली दिदी चिया मात्रै”; मैले भने ।
“ल बाबु कान्छा चिया खादै गर है म भित्र
अलि बिजी छु ल”; भन्दै उठ्नु भयो ।
– हस माईली दिदी; चियाको सर्को तान्दै मैले भने ।
**********
माईली दिदी लिनुस चियाको पैसा भन्दै खल्तिबाट ५० रुपैयाको नोट झिकेर दिए ।
माईली दिदी ले चियाको पैसा कटाएर
४५ रुपैया फिर्ता गर्नु भयो र साथमा एउटा झोलाको पोको पनि दिनु भयो ।
दीदी के हो यो झोलामा ? मैले सोध्न पुगे ।
माईली दीदीले भन्नु भयो; ” पाउरोटी हो “…
– बाबु, तिम्रो आमालाई साह्रै मनपर्छ!
चिया सँग खान त्यसैले हाल्देको लगेर देऊ है !
अनि सुन मैले धेरै सम्झेको छ भन्देऊ है, फुर्सद
भाको बेला आउला पनि ।
हस, धन्यबाद माईली दिदी हजुरलाई अब म
पनि गए है; मैले भने ।
हुन्छ बाबु, आउदै गर है; माईली दीदी नम्र स्वरमा निकालेर बोल्नुभयो ।
हुन्छ दीदी भनेर म माईली दीदीले दिनु
भएको झोला हातमा झुन्द्याउदै उठेर हिने ( पानी परिरहेको थियो )……
*******************
“कृष्ण…कृष्ण ए कृष्ण…कस्तो सुनेर पनि नसुनेझै गरी हिडेको यो मान्छे ”
कस्ले बोलाएछ भनी फर्केर हेरे ।
ए सन्ध्या ! तिमी पो ,म त को को न होला
भन्ठानेको ।
अनि को भन्ठान्यौ त, यस्तो झरिमा
काहाँ पुगेर आईस नि ? संध्याले प्रश्न गरिन ।
चोक सम्म चिया खाएर आको संध्या अनि
तिमी किन ढीला नि आज अफिसबाट ? मैले प्रति प्रश्न गरे ।
अ ! गाडी पाईन ढीला भयो । ओई यता
आइजो छातामा किन जाडोमा भिज्दै नि; संध्याले भनिन ।
हुन्छ; मैले भने ।
ए सांची तिमिलाई सम्झना ले दुबई बाट
चिठ्ठी पठाईदेको छ, भन्दै संध्याले छाता
मलाई समाउन दिदै ब्यागबाट सम्झनाको
चिठ्ठी निकालेर दिईन ।
होर #thank_you संध्या; चिठ्ठी लिदै मैले
भने ।
ल कृष्ण मेरो घर पनि आईपुग्यो ना बरु
छाता लिएर जाउ फेरी तिमी रुझ्लाउ ।
छाता चाई भोली बिहान ल्याईदेउ है | म
अफिस जानु भन्दा अगाडी, – संध्याले भनिन ।
“हस संध्या”- मैले भने |
– बाई कृष्ण……
– बाई संध्या………… क्रमस ……..
(“नलेखिएको सम्बन्ध” उपन्यास गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी कृष्ण श्रेष्ठले पठाउनु भएको हो ।हाल उहा मलेसियामा कार्यरत हुनुहुन्छ छिटै नलेखिएको सम्बन्ध भाग २ लिएर आउने छौ )