ज्योतीको घरमा पुग्यो लायन्स क्लव
कपन अनलाइन
काठमाडौं ,माघ ३ /आशिष दुलाल
सनिवार अपरान्ह जोपाटिबाट अलि पर मुलपानि स्थित एक घरमा झण्डै सय जना बालबालीकाहरु एकै स्वरमा गित गाँउदै थिए “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार…”।
लाईट हाउस फाउण्डेसनले संचालन गर्दै आईरहेको ज्योतीको घर नामक पुर्नस्थापना केन्द्रमा आरक्षण लिईरहेका आश्रीत बालबालिकाहरुले लायन्स क्लवले आयोजना गरेको सहयोग कार्यक्रममा खुसि ब्यक्त मात्र गरेनन उक्त कार्यक्रममा एकै स्वरमा न्यानो कपडाको लागी धन्यवाद समेत दिए । लायन्स क्लब इन्टरनेसनल लायन्स क्लव अफ काठमाडौं हेल्पिंग ह्याण्डस र एसएमएसले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा फाउण्डेसनमा आश्रीत ७२ जना बालबालीकाहरुलाई न्यानो कपडा, खेलकुदका सामाग्री आदि प्रदान गरीएको थियो।
पछाडि परेका आम नागरीक र बिशेषतः महिला तथा बालबालिकाको संरक्षणमा सहयोगी भुमिका खेल्न पाँउदा खुसि महसुस भएको लायन्स क्लव अफ नेपाल, हेल्पींग ह्याण्डसका अध्यक्ष्य बिनोद श्रेष्ठले बताए ।
“सहयोगको भावनाले हामि त्यहा पुगेका हौं, बालबालीकाको मुहारमा खुसि देखेर हामि अत्यन्तै हर्षीत भयौं” कार्यक्रम पछि लायन्स क्लव अफ काठमाण्डौं एसएमएसका अध्यक्ष सरला तामांगले बताईन ।
उक्त कार्यक्रममा बिभिन्न समस्या खप्दै ज्योतीको घर पुर्नस्थापना केन्दमा संरक्षित बालीकाहरुले आफुहरुले पाएको अवसरका वारेमा समेत बोलेका थिए । “म रुकुम देखि यहा आईपुगेकी एक बादी किशोरी हुँ, यदि म यहाँ नआईपुगेको भए सायद आज म स्नातक तह सम्म पढिरहेकी हुन्न थेँ होला, मलाई पत्रकार बनेर बादी समाजको बिभेद र कुरीतिलाई तोढनु छ” सेवा लिईरहेकी एक किशोरीले बताईन ।
यस पुर्नस्थापना केन्द्रमा परीवारवाट त्यागीएका, सडक जिवन जिउन बाध्य र बिभिन्न शोषण, हिंशा, दुव्र्यवहार र वेवास्ताको सिकार भएका विशेष गरी ४ देखि १८ बर्ष सम्मका बालीकाहरु आश्रीत छन।
हाल सम्म ७०० भन्दा बढि बालबालिकालाई संरक्षण सेवा प्रदान गरीसेकेको यस संस्थाले युरोप अमेरीका जस्ता देसमा समेत आफना सेवाग्राहीलाई उच्च अध्ययनका लागी पठाएको छ ।
१० बर्ष अघि भक्तपुरदेखि यसरी सेवा सुरु गर्दा समाजले पढेलेखेको मान्छेले के काम गरेको भनेर होच्याउने गरेको संझदै लाईट हाउस फाउण्डेसनकी संगीता अधिकारीले यस्तो हौसलाले थप काम गर्न प्रेरण मिलेको बताईन ।